परासी । नवलपरासी सुनवल नगरपालिका वडा नं. ३ कीर्तिपुरमा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन भएको छ ।
२०७७ माघ १२ गते भएको एक भेलाले राष्ट्रिय जनमोर्चाको कीर्तिपुर टोल समिति गठन गरेको हो ।
राष्ट्रिय जनमोर्चा नवलपरासी जिल्ला नेता तिलक प्रसाद सुवेदीको प्रशिक्षण, राजमो जिल्ला सदस्य शेरबहादुर सूर्यवंसी र अखिल नेपाल युवक सङ्घका जिल्लाध्यक्ष कुलराज गौतमको उपस्थितिमा सो भेला सम्पन्न भएको थियो ।
भेलाले गठन गरेको टोल समितिको अध्यक्षतमा यमप्रसाद भुसाल, सचिवमा बादलकुमारी गौतम, कोषाध्यक्षमा ईन्द्रप्रसाद भुसाल र सदस्यहरूमा पूर्णकला भुसाल र बुद्धीकुमारी गौतम रहनुभएको छ।
भेलाले ओली सरकारको असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी संसद विघटनको घोर भत्र्सना गर्दै त्यसको विरोध गर्ने निर्णय गरेको छ ।