परासी\तिलकप्रसाद सुवेदी ।।
राष्ट्रिय जनमोर्चाको सङ्घर्ष र सङ्गठन परिचालन समिति निर्वाचन क्षेत्र नं. २ नवलपरासीको आयोजनामा सुनवल वार्ड नं. ४ को वडा भेला २०७७ माघ १७ गते रमवापुरमा सम्पन्न भएको छ ।
भेलाले राष्ट्रिय जनमोर्चाको वडा र टोल समिति गठन गरेको छ ।
प्रमुख अतिथि राजमो जिल्लाध्यक्ष किसनबहादुर अधिकारी र अन्य अतिथिहरू राजमो जिल्ला सल्लाहकारद्वय तिलकप्रसाद सुवेदी र उत्तमराज खरेलले भेला सफलताको शुभकामना साथै समसामयिक विषयमा प्रशिक्षण दिनुभएको थियो ।
भेलाले अनिता खरेलको अध्यक्षतामा राष्ट्रिय जनमोर्चाको सात सदस्यीय ४ नंं. वडा समिति गठन गरेको छ । समितिमा उपाध्यक्ष गिरिराज ज्ञवाली, सचिव रूपाण् विश्वकर्मा, कोषाध्यक्ष कल्पना जिसी र सदस्यहरूमा शोभा श्रेष्ठ, सुनिता खड्का र चित्रबहादुर गुरुङ रहनुभएको छ ।
सोही भेलाले भगवति मगरको अध्यक्षमा नौ सदस्यीय रमवापुर टोल समिति पनि गठन गरेको छ । समितिको उपाध्यक्षमा लक्ष्मी खड्का, सचिवमा सुमित्रा गुरुङ, कोषाध्यक्षमा डिलमाया आले र सदस्यहरूमा अनिता खरेल, रूपा विश्वकर्मा, सङ्गीता विकलगायत रहनु भएको छ।
एवम् प्रकारले भेलालले उत्तमराज खरेल, चन्द्र खड्का र रमेश खड्कालाई सल्लाहकारमा चयन गरेको छ ।
अनिता खरेलको अध्यक्षता तथाडिल्लीराज ज्ञवालीको सञ्चालन र परिचालन समिति सदस्य गिरिराज ज्ञवालीको स्वागत मन्तव्यमा उक्त भेला सम्पन्न भएको हो ।