बागमती नदी सफाइ अभियानको ४४८ हप्ता पूरा भयो । यस अभियानमा १६ हजार मेट्रिकटन फोहोर नदीबाट निकालेर व्यवस्थापन गरिएको छ तर पनि नदीमा फोहोर फ्याँक्ने क्रम रोकिएको छैन । बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारिणी सदस्य डा. माला खरेलले १६ हजार मेट्रिक टन फोहोर नदीबाट झिकेर व्यवस्थापन गरिएको भए पनि फोहोर थपिएको थपिएकै जिकिर गरे ।यसरी नदी सफाइ गर्ने क्रम जारी रहने र फोहोर नदीमा फाल्ने समस्या निराकरण नहुने भएकाले फोहोर फाल्ने कामको निगरानी गर्न नदी किनारा र पुलमाथि सीसीटीभी जडान गरिने भएको