मुद्रासम्बन्धी कसुरमा पुर्पक्षका लागि थुनामा रहेका भारतीय फोटोग्राफरलाई एक संस्थाले कानुनी, प्रशासनिक र आर्थिक सहायता गर्ने भएको छ । साउथ एसिया फाउण्डेसन नामक संस्थाले २४ वर्षीय फोटोग्राफर दुर्लभ रोय चौधरीका लागि कानुनी, प्रशासनिक र आर्थिक सहयोग गर्ने भएको हो । मंगलबार भारतीय फोटोग्राफर झापाको जेलमा रहेको समाचार रातोपाटीमा प्रकाशित भएलगत्तै साउथ एसिया फाउण्डेसनले दुर्लभको रिहाइका लागि आवश्वक सबै सहयोग गर्ने प्रतिवद्धता जनाएको हो । दक्षिण एसियामा मानवअधिकार र निम्न आय भएकाहरुको जीविकोपार्जनक