सरकारले २० जलबिद्युत आयोजनाको अध्ययन अघि बढायो , अधिकांश आयोजना नदी प्रवाही प्रकृतिका

सरकारले पाँच हजार सात सय ६३ मेगावाट क्षमताका २० जलविद्युत् आयोजनाको अध्ययन अगाडि बढाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले एक सय मेगावाट क्षमताका आठ आयोजनाको अध्ययन गरिरहेको छ । यस्तै, एकसय मेगावाटभन्दा कम क्षमताका विभिन्न १२ आयोजनाको पनि अध्ययन गरिरहेको छ । अध्ययनमा रहेका आयोजनालाई शीघ्र काम सम्पन्न गरी […]

सम्बन्धित सामग्री

अष्ट्रेलियाको केन्द्रीय बैंकले बढायो ब्याजदर

सिड्नी । अष्ट्रेलियाको केन्द्रय बैंकले अनपेक्षित रूपमा ब्याजदर बढाएको छ । रिजर्ब बैंक अफ अष्ट्रेलिया (आरबीए)ले मंगलबार ब्याजदर २५ आधारविन्दुले बढाएर ४ दशमलव १ प्रतिशतमा उकालेको हो । अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले गरेको जनमत सर्वेक्षणमा सहभागी अधिकांश अर्थशास्त्रीहरूले बैंकले ब्याजदर स्थिर राख्ने बताएका थिए ।  ब्याजदर वृद्धिको खबरसँगै एसएन्डपी/एएसएक्स २०० प्रतिशतले घटेको छ । अमेरिकी डलरको तुलनामा अष्ट्रेलियाली डलरको भाउ भने शून्य दशमलव ७३ प्रतिशतले बढेर शून्य दशमलव ६६ सेन्टमा पुगेको थियो । आरबीए जसरी पनि महँगी घटाउने दाउमा छ । अपिलमा अष्ट्रेलियामा महँगी ६ दशमलव ८ प्रतिशत थियो । महँगी उच्चतम् स्तरमा उक्लिसकेको भए पनि अझै पनि यो उच्च स्तरमै रहेको संकेत मिलिरहेको आरबीएका गभर्नर फिलिप लोईले भनेका छन् । हालै मात्रै महँगी थप बढ्न सक्ने जोखिम बढेकोले बैंकले ब्याजदर बढाउने निर्णय गरेको मंगलबार जारी विज्ञप्तिमा लोईले भनेका छन् । आरबीएले मुद्रास्फीतिलाई २ देखि ३ प्रतिशतमा झार्ने लक्ष्य रोखेको छ । महँगी लामो समयसम्म उच्च स्तरमा रहिरह्यो भने यसलाई पछि अंकुश लगाउन झनै महँगो पर्ने बताइएको छ । ब्याजदर झनै बढाउनुपर्छ अनि बेरोजगारी दरमा पनि उच्च वृद्धि हुने जोखिम हुन्छ । बैंकले महँगीमा अंकुश लगाउन थप ब्याजदर वृद्धि गर्ने संकेत गरेको छ । आक्रामक रूपमा ब्याजदर बढाइरहँदा आर्थिक मन्दी निम्तने नदिने काम फलामको च्यूरा चपाउनु सरह हुनेमा पनि बैंकको चिन्ता छ । आरबीएले जति जति ब्याजदर बढाउँदै  जान्छ उति नै सुरक्षित अवतरण वा आर्थिक मन्दी ननिम्त्याइकन महँगीमा अंकुश लगाउने काम कठिनतम् बन्दै  जाने विश्लेषण गर्न लागिएको छ । एजेन्सी

पाकिस्तानले ११२ प्रतिशतसम्म बढायो ग्यासको मूल्य

काठमाडौं । पाकिस्तानले ग्यास उपभोक्ताहरूलाई ठूलै झट्का दिएको छ । त्यहाँको मन्त्रिपरिषदको आर्थिक समन्वय समिति (ईसीसी)ले उपभोक्ता अनुसार प्राकृतिक ग्यासको भाउ १६ प्रतिशत घटाउनेदेखि ११२ दशमलव ३२ प्रतिशतसम्म बढाउने घोषणा गरेको छ । यो वृद्धि गएको जनवरी १ देखिको ६ महीनासम्म लागू हुनेछ अर्थात् वृद्धिको असर गुज्रिसकेको अवधिमा समेत देखिनेछ ।  बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोषको वित्तीय उद्धार बापतको एउटा किस्ता हासिल गर्न पाकिस्तानले अतिरिक्त राजस्व उठाउन यसो गर्न लागेको हो । यो घोषणाबाट अधिकांश घरेलु उपभोक्ता र अन्य श्रेणीका उपभोक्ताहरू प्रभावित हुनेछन् । यसबाट अतिरिक्त ३ खर्ब १० अर्ब रुपयाँ उठाउने सरकारी योजना छ । सुरक्षित, गैर–सुरक्षित र औद्योगिक/व्यवसायिक सबै उपभोक्ताहरू यसमा समेटिएका छन् । अर्थमन्त्री इशाक दार नेतृत्वको ईसीसी बैंठकले सुरक्षित, गैर–सुरक्षित र औद्योगिक/व्यवसायिक उपभोक्ताको क्रमशः ४, ६ र ७ स्ल्याब पनि ल्याएको छ । आवासीय उपभोक्ताको न्यूनतम स्ल्याबमा प्रतिएमएमबीटीयू ३३ प्रतिशतसम्म घटाइएको छ । यसमा सबैभन्दा कम ग्यास खपत गर्ने उपभोक्ताहरू यसमा पर्दछन् । अन्य दुई श्रेणीको उपभोक्ताहरूको लागि ग्यासको भाउ प्रतिएमएमबीटीयू ८ दशमलव ४९ प्रतिशतदेखि ११२ दशमलव ३३ प्रतिशतसम्मको वृद्धि गरिएको छ ।  हिउँदमा ग्यासको खपत कम गर्न पनि सरकारले निश्चित दर लागू गरेको छ । बिजुली उत्पादन गर्ने उद्योगहरूले चलाउने ग्यासको मूल्य वृद्धिको असरले उत्पादन लागत पनि बढाउनेछ । यो वृद्धि असरले उपभोक्ताहरूको लागि बिजुलीको भाउ झनै महँगो हुनेछ । यसको अर्थ आगामी महीना पाकिस्तानमा महँगी झनै बढ्नेछ ।  सरकारले के–इलेक्ट्रिक, शिन्ध नूरदिआबाद र इन्ग्रो पावरजेनको ग्यासको भाउमा पनि क्रमशः २२ दशमलव ५ प्रतिशत वृद्धि गरेको छ । अन्य कम्पनीको ग्यासको भाउ पनि १०३ दशमलव ७२ प्रतिशतसम्म वृद्धि गरिएको छ । जनवरी १० मै तेल तथा ग्यास नियामक प्राधिकरण (ओग्रा)ले अन्य दुई कम्पनीलाई ७५ प्रतिशत हाराहारीमा भाउ बढाउने अनुमति दिएको थियो । एजेन्सी

लामो पुलले बढायो बागलुङमा पर्यटक

पुल निर्माणपछि मुस्ताङको मुक्तिनाथ र म्याग्दीको गलेश्वर जाने पर्यटक पनि बागलुङमा आउन थालेका हुन्। धौलागिरिका चार जिल्लासहित मुलुकका विभिन्न ठाउँबाट आउने पर्यटकले बागलुङ बजारमा रौनकता छाएको छ। लामो पुलमा अधिकांश युवायुवतीको भीड हुने गरेको पाइन्छ। पुलमा फोट...

टीभीएसले बढायो अधिकांश मोडलको मूल्य (सूचीसहित)

काठमाडौं । टीभीएस मोटरसाइकल तथा स्कुटरको मूल्य वृद्धि भएको छ । कम्पनीले नयाँ मूल्यसूची सार्वजनिक गर्दै मूल्यवृृद्धि भएको जनाएको हो । भारतीय मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी टीभीएसका लागि नेपालको आधिकारिक विक्रेता जगदम्वा मोटर्सले नयाँ मूल्यसूची सार्वजनिक गरेको हो । कम्पनीले जारी गरेको नयाँ मूल्यसूची अनुसार अधिकांश मोडलको मूल्य वृद्धि भएको छ । बढेको मूल्य […]

फिल्ममै ४-५ वटा गीत हुन्छ, भिडियो गर्न जरुरी छैन : अनमोल केसी

७ पुस, काठमाडौं । कोरोना महामारीका कारण मनोरञ्जन दुनियाँ ठप्प भएपछि चलचित्रका कलाकारहरु पनि घरमै समय बिताउन बाध्य भए । कोरोना संक्रमण केही कम भएर लकडाउन हटेपछि चलचित्रको काम नभएपनि अधिकांश कलाकार म्युजिक भिडियोको काममा व्यस्त रहे । जसले उनीहरुको आम्दानीको स्रोत पनि बढायो । चलचित्रका अधिकांश कलाकारले म्युजिक भिडियोमा काम गरिरहँदा केही कलाकारले भने […]

मारुती सुजुकीले बढायो स्विफ्टको मूल्य

असार २८, नयाँदिल्ली (भारत) । भारतीयकार निर्माता कम्पनी मारुती सुजुकी इन्डिया (एमएसआई) ले ह्याच ब्याक स्विफ्टको मूल्य बढाएको छ । उत्पादन सम्बन्धी विविध लागतमा भएको वृद्धिका कारण स्विफ्ट र सबै सीएनजी भ्यारिएन्टको मूल्य १५ हजार रुपयाँसम्म बढाइएको कम्पनीले नियामक फाइलिङमा भनेको हो । नयाँ मूल्य सोमवारदेखि नै लागू भएको बताइएको छ ।  बढेको मूल्य लागू हुनु अघि स्विफ्टका भ्यारिएन्टहरु ५ लाख ७३ हजारदेखि ८ लाख २७ हजारसम्म उपलब्ध थिए ।  कम्पनीले अल्टो, सेलेरियो, एस–प्रेसो, वागनआर, इको र इर्तिगालगायतका विविध मोडलका सीएनजीभ्यारिन्ट विक्री गर्दै आएको थियो । यिनीहरुको मूल्य ४ लाख ४३ हजार रुपयाँदेखि ९ लाख ३६ हजार रुपयाँसम्म रहेको छ ।  गएको अप्रिलमा पनि कम्पनीले उत्पादन लागतमा भएको वृद्धिको प्रभाव कम गर्न सेलेरियो र स्वीफ्टबाहेक अधिकांश मोडलको मूल्य २२ हजार ५०० रुपयाँसम्म बढाएको थियो । एजेन्सी

मोबाइल एपले बाख्रा बिक्री बढायो, बिचाैलियाबाट जाेगिए किसान

काठमाडौं : कृषि पथ मोबाइल एप सञ्चालन भएपछि जननी समाजिक उद्यमी  महिला सहकारी सस्थाले यो आर्थिक वर्षमा करिब एक करोड बराबरको बाख्रा बिक्री वितरण गरेको छ।पहिला व्यापारीहरुलाई सम्पर्क गर्दा बिचौलियाहरुले नाफा खाइदिने र समयमा बाख्रा बिक्री गर्न नसक्दा किसानहरु घाटा व्यहोर्न बाध्य थिए। बाँकेको राप्ती सोनारी गाउँपालिकाको अधिकांश क्षेत्रमा वन जंगल छ। घर छेउ वरिपरि जंगल भएको कारणले राप्ती सोनारी गाँउपालिका–२ का किसानहरु बाख्रा पालनतर्फ आकर्षित भएका छन्।बाख्रापालन गर्नका लागि गाउँमै रहेको जननी स

अधिकांश समय हरियो देखिएको बजारमा झण्डै ५९ करोडको कारोबार, के ले बढायो बजार?

काठमाडौं। कारोबार सुरु भएदेखिनै सुधारदेखिएको नेप्से सूचक अन्तिम समयमा घटेको छ। अधिकांश समय नेप्से सूचक हरियो देखिंदा कारोबार रकम