असार २८, नयाँदिल्ली (भारत) । भारतीयकार निर्माता कम्पनी मारुती सुजुकी इन्डिया (एमएसआई) ले ह्याच ब्याक स्विफ्टको मूल्य बढाएको छ ।
उत्पादन सम्बन्धी विविध लागतमा भएको वृद्धिका कारण स्विफ्ट र सबै सीएनजी भ्यारिएन्टको मूल्य १५ हजार रुपयाँसम्म बढाइएको कम्पनीले नियामक फाइलिङमा भनेको हो । नयाँ मूल्य सोमवारदेखि नै लागू भएको बताइएको छ ।
बढेको मूल्य लागू हुनु अघि स्विफ्टका भ्यारिएन्टहरु ५ लाख ७३ हजारदेखि ८ लाख २७ हजारसम्म उपलब्ध थिए ।
कम्पनीले अल्टो, सेलेरियो, एस–प्रेसो, वागनआर, इको र इर्तिगालगायतका विविध मोडलका सीएनजीभ्यारिन्ट विक्री गर्दै आएको थियो । यिनीहरुको मूल्य ४ लाख ४३ हजार रुपयाँदेखि ९ लाख ३६ हजार रुपयाँसम्म रहेको छ ।
गएको अप्रिलमा पनि कम्पनीले उत्पादन लागतमा भएको वृद्धिको प्रभाव कम गर्न सेलेरियो र स्वीफ्टबाहेक अधिकांश मोडलको मूल्य २२ हजार ५०० रुपयाँसम्म बढाएको थियो । एजेन्सी