चालू आर्थिक वर्षमा भारतीय निगमले पठायो १२ पटक नयाँ मूल्य सूची, निगमले ३ पटक बढायो

चालू आर्थिक वर्षमा भारतीय आयल निगमले नेपाल आयल निगमलाई १२ पटक पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ।  जसअनुसार अधिकांश समय मूल्य बढाएरै मूल्यसूची आएको नेपाल आलय निगमको विज्ञप्तिमा उल्लेख छ । निगमले भने चालू आर्थिक वर्षमा ३ पटक मूल्य बढाएको जनाएको छ।   पटक पटक मूल्य बढाउनुपरेपनि निगम घाटामा जाने क्रम भने निरन्तर जारी छ । चालू आर्थिक वर्षमा मात्रै निगमले १९ अर्ब २६ करोड घाटा खाइसकेको छ ।

सम्बन्धित सामग्री

पाकिस्तानले बढायो इन्धनको भाउ, प्रतिलिटर डिजलको मूल्य झन्डै ३०० रुपया पुग्यो

कराँची । पाकिस्तान सरकारले इन्धनको भाउ बढाएको छ । अमेरिकी डलरको तुलनामा पाकिस्तानी रुपयाको भाउ घटेको तर्फ औंल्याउँदै बुधवार पेट्रोल, मट्टीतेल र डिजेलको भाउ बढाइएको हो ।  पेट्रोलको भाउ प्रति लिटर ५ रुपया बढाएर २७२ रुपयामा पुर्याइएको छ । यो भनेको नेपाली १२८ रुपैयाँ मात्रै हो । जबकी नेपालमा अहिले पेट्रोलको भाउ १७८ रुपैयाँ प्रतिलिटर रहेको छ । हाई-स्पीड डिजेल (एचएसडी)को भाउ पनि लिटरमा १३ रुपयाले बढाइएको छ । यो वृद्धिसँगै एचएसडीको भाउ प्रतिलिटर २९३ रुपयाको कीर्तिमानी उचाईमा उक्लिएको छ । यो भनेको नेपाली १३७ रुपैयाँ मात्रै हो । जवकी नेपालमा डिजेल प्रतिलिटर १७५ रुपैयाँ कायम गरिएको छ । एसचसीडीको मूल्यमा हुने हेरफेरका कारण परिवहनको लागत बढ्ने भएकोले यसले सिधैं उपभोक्ता मूल्य प्रभावित बनाउँछ । त्यस्तैगरी, मट्टीतेलमा पनि प्रतिलिटर २ रुपया ५६ पैसा मूल्य वृद्धि गरिएको छ । हलुका खालको डिजेल (एलडीओ)को मूल्य भने प्रतिलिटर १८४ रुपया ८४ पैसामा यथावत् राखिएको अर्थमन्त्रालयले बताएको छ । नयाँ मूल्य सूची बिहीवारदेखि लागू भइसकेको छ । यो मूल्य मार्च ३१ सम्म लागू हुने बताइएको छ । पाकिस्तानमा अहिले नै महँगी ५० वर्षकै उच्चस्तरमा उक्लिएको छ । सर्वसाधारणहरुलाई हातमुख जोर्न नै सकसको अवस्था छ । इन्धनको भाउमा गरिएको पछिल्लो वृद्धिले अवस्था झनै खराब बनाउनेछ । पाकिस्तानमा पेट्रोलको भाउ सरकारले तय गर्छ । यो अन्तरराष्ट्रिय बजारमा तेलको भाउ अनि डलर-रुपयाबीचको विनिमय दरका आधारमा महीना महीना दिनमा तय गरिन्छ ।  विश्व बजारमा कच्चा तेलको भाउमा भएको वृद्धि अनि डलरको तुलनामा रुपया कमजोर बन्दा हालैका वर्षमा पाकिस्तानमा पेट्रोलको भाउमा निकै उतारचढाव आएको छ । जनवरीयता पाकिस्तान सरकारले एचएसडी र पेट्रोलको भाउ क्रमशः ६५ रुपया र ६२ रुपयाले बढाइसकेको छ । पाकिस्तनमा सामान्य जीएसटी दर १७ प्रतिशत छ । अहिलेसम्म सरकारले पेट्रोल, एचएसडी, मट्टीतेल र एलडीओमा कर लगाएको छैन । तर हरेक लिटर इन्धनहरुमामा पेट्रोलियम विकास शुल्क भने उठाइरेको छ । पेट्रोल र एचएसडीमा भन्सार शुल्क पनि लगाइएको छ । यी दुईमा लगाइएको शुल्कबाट मात्रै सरकारी राजस्वमा ठूलो रकम जाने गरेको छ । एजेन्सी

आयल निगमले बढायो डिजेलको मूल्य, अब कति पर्छ ?

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुने गरि डिजेल र मट्टीतेलको मूल्य बढाएको हो।निगमले डिजेलको मूल्य प्रति लिटर ६ रुपैयाँले बढाएको हो । यस सँगै डिजेलको प्रति लिटर १७८ रुपैयाँ पुगेको छ । मट्टीतेलको मूल्य पनि ६ रुपैयाँले बढेर प्रति लिटर १७८ रुपैयाँ पुगेको छ । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य घटेपनि पछिल्लो १५ दिन यता पेट्रोलियम पदार्थको मुल्य बढेकाले नेपालमा पनि त्यसको असर परेको निगमले जनाएको छ। डिजेल मट्टीतेलको मुल्य बढाएपनि निगमलाई अझैं मासिक ९६ करोड ४८ लाख रुपैयाँ घाटा लागिरहेको निगमको दाबि छ। निगमको यहि घाटालाई व्यवस्थापन तथा भुक्तानी गर्नलाई पनि निगमको आज बसेको संचालक समितिले डिजेल र मट्टीतेलमा प्रति लिटर ६ रुपैयाँले बढाउने निर्णय गरेको निगमले जनाएको छ। पेट्रोल, खाना पकाउने ग्यास, हवाई इन्धनको भने मूल्य बढेको छैन । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएकै दिन निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको हो । भारतीय आयल कर्पोरेसन (आईओसी)ले आज १ तारिखमा पठाएको सूची अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर आएको हो । नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ ३९ पैसा र डिजल ६ रुपैयाँ १२ पैसा बढेर आएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रति सिलिन्डर १ सय रुपैयाँ घटेर आएको छ । आईओसीले हरेक १५–१५ दिनमा आयल निगमलाई मूल्य सूची पठाउँछ । यस अघि भारतबाट ३ पटकसम्म मूल्य घटेर आएकोमा आयल निगमले घाटा नै रहेको भन्दै नेपालमा मूल्य घटाएको थिएन ।निगमले पेट्रोल लगायत अन्य पेट्रोलियम पदार्थको भने मूल्य बढाएको छैन । हाल नेपालमा पेट्रोल प्रति लिटर १८१ रुपैया, र खान पकाउने ग्यास प्रति सिलिन्डर १८०० रुपैयाँमा बिक्रि भईरहेको छ ।