डब्लुएचओले भन्यो : गरिब देशहरुमा खोपको चरम अभाव, अफ्रिकामा कोरोनाको तेस्रो लहरले बढायो चिन्ता

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गरिब देशहरुमा कोभिड १९ विरुद्धको खोपको चरम अभाव भएको बताएको छ। विश्वव्यापी साझेदारी कार्यक्रम (कोभ्याक्स) अन्तर्गत कोभिड १९ खोप प्राप्त गरिरहेका अधिकांश देशहरुमा खोप कार्यक्रमलाई निरन्तरता दिने गरि पर्याप्त मात्रामा खोप नभएको डब्लुएचओले जनाएको हो। संगठनका वरिष्ठ सल्लाहकार डा ब्रस एलवर्डले कोभ्याक्स मार्फत हालसम्म १३१…

सम्बन्धित सामग्री

विश्वकै ठूलो मानवीय सङ्कट

दक्षिण एसियाली मुलुक अफगानिस्तानमा चरम मानवीय सङ्कट आइलागेको छ । त्यहाँका नागरिकलाई विद्रोही तालिबान सरकारले सुरक्षा र राहत दिन सकेन । त्यहाँ आर्थिक गतिविधि शून्य छन् । तालिबान सत्ताबाहिर हुँदा पनि जनताले चरम दुःख पाए भने सत्ता कब्जा गरेपछि त झन् अभिशाप साबित भएको छ । बहुसङ्ख्यक गरिब जनता एकातिर हिउँदको अत्यधिक चिसो र जाडोले सताइएका छन् भने अर्कातिर खान नपाएर मृत्युको मुखमा पुग्दैछन् । यतिखेर दुई करोड ७० लाख मानिस भोकमरीको चपेटामा परेका छन् । खाद्यान्न र औषधिको चरम अभाव भएको छ । ७० लाखमध्ये ३२ लाख बालबालिका कुपोषणको सिकार भएका छन् । समयमै खाद्यान्न र औषधिको व्यवस्था गर्न नसके १० लाख बालबालिका मृत्युको मुखमा पुग्ने खतरा छ ।

गरिब देशमा कोरोनाविरुद्धको खोप चरम अभाव हुँदा थप जोखिम : डब्ल्यूएचओ

काठमाण्डौ - विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले कम आय भएका देशमा कोरोनाविरुद्धको खोपको चरम अभाव भएको र यसले ठूलो समस्या निम्तिन सक्ने चेतावनी दिएको छ । धनी देशमा खोप लगाउने दर सन्तोषजनक भए पनि गरिब देशले अनुदानमा पाएको खोप निकै कम हुँदा कोरोनाकाे थप लहर फैलन सक्ने डब्ल्यूएचओले चेतावनी दिएको छ । डब्ल्यूएचओका मुख्य सल्लाहकार ब्रुस ऐलवर्डले कोभ्याक्स सुविधा अन्तर्गत अहिलेसम्म एक सय ३१ देशले नौ करोड डोज खोप पाएको जानकारी दिँदै यो सङ्ख्या कोरोनाबाट नागरिक बचाउनको लागि कत्ति पनि पर्याप्त नभएको बताउनुभएको बीबीसीले जनाएको छ...

गरिब देशमा कोरोनाविरुद्धको खोपको चरम अभाव : डब्लुएचओ

एजेन्सी।विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) ले गरिब देशमा काेराेनाविरूद्धको खोपको चरम अभाका कारण खोप अभियान जारी राख्न समस्या भएको बताएको छ।खोपको समान पहुँच सुनिश्चित गर्न सुरु गरिएको कोभ्याक्स अभियान अन्तर्गत खोप पाइरहेका धेरै गरिब देशहरुमा खोपको अभावका कारण खोप अभियान रोक्नु पर्ने बाध्यता रहेको डब्लुएचओले बताएको छ।डब्लुएचओका डा.ब्रुस अयल्वार्डले कोभ्याक्स कार्यक्रम अन्तर्गत विश्वका १३१ देशलाई खोपको ९ करोड मात्रा प्रदान गरिएको बताए।