पाकिस्तानले ११२ प्रतिशतसम्म बढायो ग्यासको मूल्य

काठमाडौं । पाकिस्तानले ग्यास उपभोक्ताहरूलाई ठूलै झट्का दिएको छ । त्यहाँको मन्त्रिपरिषदको आर्थिक समन्वय समिति (ईसीसी)ले उपभोक्ता अनुसार प्राकृतिक ग्यासको भाउ १६ प्रतिशत घटाउनेदेखि ११२ दशमलव ३२ प्रतिशतसम्म बढाउने घोषणा गरेको छ । यो वृद्धि गएको जनवरी १ देखिको ६ महीनासम्म लागू हुनेछ अर्थात् वृद्धिको असर गुज्रिसकेको अवधिमा समेत देखिनेछ ।  बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोषको वित्तीय उद्धार बापतको एउटा किस्ता हासिल गर्न पाकिस्तानले अतिरिक्त राजस्व उठाउन यसो गर्न लागेको हो । यो घोषणाबाट अधिकांश घरेलु उपभोक्ता र अन्य श्रेणीका उपभोक्ताहरू प्रभावित हुनेछन् । यसबाट अतिरिक्त ३ खर्ब १० अर्ब रुपयाँ उठाउने सरकारी योजना छ । सुरक्षित, गैर–सुरक्षित र औद्योगिक/व्यवसायिक सबै उपभोक्ताहरू यसमा समेटिएका छन् । अर्थमन्त्री इशाक दार नेतृत्वको ईसीसी बैंठकले सुरक्षित, गैर–सुरक्षित र औद्योगिक/व्यवसायिक उपभोक्ताको क्रमशः ४, ६ र ७ स्ल्याब पनि ल्याएको छ । आवासीय उपभोक्ताको न्यूनतम स्ल्याबमा प्रतिएमएमबीटीयू ३३ प्रतिशतसम्म घटाइएको छ । यसमा सबैभन्दा कम ग्यास खपत गर्ने उपभोक्ताहरू यसमा पर्दछन् । अन्य दुई श्रेणीको उपभोक्ताहरूको लागि ग्यासको भाउ प्रतिएमएमबीटीयू ८ दशमलव ४९ प्रतिशतदेखि ११२ दशमलव ३३ प्रतिशतसम्मको वृद्धि गरिएको छ ।  हिउँदमा ग्यासको खपत कम गर्न पनि सरकारले निश्चित दर लागू गरेको छ । बिजुली उत्पादन गर्ने उद्योगहरूले चलाउने ग्यासको मूल्य वृद्धिको असरले उत्पादन लागत पनि बढाउनेछ । यो वृद्धि असरले उपभोक्ताहरूको लागि बिजुलीको भाउ झनै महँगो हुनेछ । यसको अर्थ आगामी महीना पाकिस्तानमा महँगी झनै बढ्नेछ ।  सरकारले के–इलेक्ट्रिक, शिन्ध नूरदिआबाद र इन्ग्रो पावरजेनको ग्यासको भाउमा पनि क्रमशः २२ दशमलव ५ प्रतिशत वृद्धि गरेको छ । अन्य कम्पनीको ग्यासको भाउ पनि १०३ दशमलव ७२ प्रतिशतसम्म वृद्धि गरिएको छ । जनवरी १० मै तेल तथा ग्यास नियामक प्राधिकरण (ओग्रा)ले अन्य दुई कम्पनीलाई ७५ प्रतिशत हाराहारीमा भाउ बढाउने अनुमति दिएको थियो । एजेन्सी 

सम्बन्धित सामग्री

सरकारले बढायो इन्धनको भाउ

काठमाडौं । सरकारले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेलमा प्रतिलिटर ४ रुपैयाँका दरले र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ । यसैगरी, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर १५ रुपैयाँले मूल्य बढेको निगमले जनाएको छ । निगमका अनुसार बढेको मूल्य बिहीबार बिहान १ […] The post सरकारले बढायो इन्धनको भाउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बिहीबार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमकाअनुसार डिजेल र मट्टितेलको मूल्य बढेको छ ।डिजेलको मूल्य १७२ रुपैयाँबाट बढेर १७८ पुगेको छ भने मट्टितेलको मूल्य पनि १७८ रुपैयाँ पुगेको छ । मट्टितेलको मूल्य पनि यसअघि प्रतिलिटर १७२ रुपैयाँ थियो ।यो पटक पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँका दरले बढेको छ । पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोल‚ डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रूपैयाँले बढाएको छ। निगमले आज मध्यरातदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको र त्यसैअनुसार भारतीय आयल नियमले मूल्य बढाएको जनाउँदै निगमले मूल्य बढाएको उसले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २ सय रूपैयाँ बढाएको छ। निगमले आज मध्यरातदेख

निगमले फेरि बढायो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाडौँ- नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा मंगलबार रातिदेखि लागू हुने गरी फेरि वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले समायोजना गर्नुपरेको भन्दै निगमले फेरि पेट्रोलियममा मूल्य बृद्धि गरेको हो। नयाँ मूल्यअनुसार डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १२५ तथा पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ। एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले […]

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य ५० रुपैयाँ बढायो

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य ५० रुपैयाँ बढाएको छ । शुक्रबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले खाना पकाउने ग्यास प्रतिसिलिन्डर रु ५० ले वृद्धि गरी खुद्रा बिक्री मूल्य १५०० बनाएको हो । यसअघि ग्यासको मूल्य प्रतिसिलिन्डर १४५० रुपैयाँ थियो । मूल्य बढाउँदा पनि ग्यास बिक्रीमा प्रतिसिलिन्डर ४६१ रुपैयाँ २२ पैसा घाटा नै रहेको निगमको भनाइ छ ।

इन्धनको मूल्य बढायो आयल निगमले, पेट्रोल देखि ग्याससम्मको भाउ बढ्यो

खाना पकाउने ग्यासको मूल्य सिलिन्डरमा २५ रुपैयाँ वृद्धि गरेर सिलिन्डरको १४ सय ५० पुर्‍याएको छ।

निगमले बढायो पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ