नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पदक घोषणा गरिएका पत्रकार तथा कानुन व्यवसायीहरुको उछितो काढेका छन् । आइतबार पार्टीले संविधान दिवसका अवसरमा गरेको कार्यक्रममा बोल्दै उनले अघिल्लो सरकारको विपक्षमा खोइरो खन्ने पत्रकारहरुलाई पदक बाँडिएको भन्दै कटाक्ष गरे ।उनले भने, ‘अघिल्लो सरकार जो लोकप्रिय थियो, विकास प्रेमी थियो त्यस सरकारको विपक्षमा खोइरो खनेर एउटा पनि सकारात्मक समाचार नदिने सबै बेठीक बेठीक समाचार दिएर देशलाई भड्खालोमा हाल्न खोज्ने सञ्चार माध्यम र तिनका साहुहरू ठूल्ठूला