काठमाडौँ- राष्ट्रपतिले हरेक वर्ष प्रदान गर्ने पदक, विभूषण तथा अलङ्कारमा राज्यका विभिन्न निकायका नेतृत्वकर्ता अधिकारीहरु छुट्दैनन्। यस वर्षपनि आइतबार घोषणा गरिएको सूचीमा त्यसले निरन्तरता पाएको छ। ९ सय ३ जनाले पदक, विभूषण तथा अलङ्कार पाउने सूचीमा नेपाल सरकारका मुख्य सचिवसहित १९ जना सचिवहरुको नाम छ। मुख्यसचिव शंकरदास वैरागीलाई प्रसिद्ध प्रबल जनसेवाश्री प्रदान गरिने भएको छ। […]