काठमाण्डाै – सरकारले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा आरके शर्मा नेतृत्वको समितिलाई वैधता दिने सङ्केत गरेको छ । आज साेमवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटका क्रममा सरकारले आफ्नो कार्यसमितिलाई वैधता दिने पक्का भएको शर्मा समूहले जनाएको छ ।
चुनावी परिणामले बद्री केसीको अध्यक्षतामा कार्यसमिति चयन गरे पनि अध्यक्षका प्रत्याशी आरके शर्मा र महेश केसीले 'सिस्टम ह्याक' गरेर चुनाव जितेको भन्दै आफूहरूलाई मान्य नहुने चेतावनी दिएका थिए । बद्री केसी समूहले शपथ लिएकै दिन आरके शर्माको समूहले शर्माको अध्यक्षताम...