५ कात्तिक, काठमाडौँ । गैरआवासीय नेपाल संघ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष राजकुमार शर्मा (आरके) नेतृत्वको कार्यसमितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री प्रचण्डले शर्मा नेतृत्वको एनआरएनए कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले नेपालको आर्थिक विकास र समृद्धिमा गैरआवासीय नेपालीहरूको भूमिका आवश्यक भएको […]