काठमाण्डाै - देश विकासमा राजनीतिक दलहरुले चासो नदिँदा आमनागरिक असन्तुष्ट देखिएको प्रमाण यसपालिको चुनावले पुष्टि गरिसकेको छ । ठूला मानिएका राजनीतिक दलहरुका अगाडि नयाँ शक्तिहरुको उदय भएको छ ।
नागरिकले विकास चाहेका छन् त्यो पनि तीव्र गतिमा । तर राजनीतिक दल र देशको नेतृत्व जनचाहनाअनुसार अब्बल साबित हुन सकिरहेको छैन । अबको नेतृत्वले देश विकास गर्नेमा नागरिक आशावादी छन् । तर चुनावबाट जनप्रतिनिधि चुनिएर आइसक्दासमेत काठमाण्डौ उपत्यकाको अवस्था भने चुनावअघिको भन्दा फरक देखिँदैन ।
जताततै अस्तव्यस्त देखिन्छ । भ...