नगरपालिका स्थापनाको ६१ वर्ष, जनप्रतिनिधि फेरिए तर फेरिएन ‘फोहोर’को एजेन्डा

जनकपुरधाम: देशकै पुरानो मध्येको एक हो जनकपुरधाम नगरपालिका। संघीय लोकतान्त्रिक गणतन्त्रमा मुलुक प्रवेश गरेपछि जनकपुरधामलाई उपमहानगरमा परिणत गरियो। २०१७ सालमा नगरपालिका बन्दा जनकपुरधामको मुख्य समस्या थियो :फोहोरमैला व्यवस्थापन र लामखुट्टे नियन्त्रण। नगरपालिका स्थापनापछि मधेशमा विभिन्न आन्दोलन भए। मुलुकमै व्यवस्था फेरियो। स्थापनाको ६१ वर्षमा कयौँ जनप्रतिनिधि फेरिए। तर नगरको एजेन्डा फेरिएन।…