काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही नेपाल ऐन संशोधनमा सरकारको आसन फेरिए पनि तरिका नफेरिएको ब्यंग्य गरेका छन्।सोमवार कानून, न्याय तथा मानवअधिकार समिति बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता सांसदहरुको छलफलमा उनले यस्तो ब्यंग्य गरेका हुन्। उनले केही नेपाल ऐनलाई संशोधन गर्ने विषयमा विगत र अहिलको सरकारमा कुनै पनि भिन्नता नभएको आरोप लगाए। उनले सरकारले केही नेपाल ऐनलाई संशोधन गर्ने नाममा आफूअनुकूल ऐन संशोधनको लागि प्रस्तावहरु आउन थालेको ब