लक्ष्मी इक्वीटी फण्डद्वारा ३५ प्रतिशत नगद लाभांश घोषणा

७ साउन, काठमाडौं । लक्ष्मी इक्वीटी फण्डले आफ्ना शेयर धनीहरुका लागि ३५ प्रतिशत लाभांश घोषणा गरेको छ । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित फण्डको बिहीबार बिहान बसेको सञ्चालक समिति बैठकले इकाईधनीहरुलाई सो लाभांश घोषणा गरेको हो । आर्थिक वर्ष २०७७-७८ को मुनाफाबाट ३५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको लक्ष्मी क्यापिटल मार्केटले […]

सम्बन्धित सामग्री

लाभांश सार्वजनिक गर्न शुरु भएसँगै म्युचुअल फण्डप्रति लगानीकर्ताको आकर्षण

साउन ७, काठमाडौं । गत आर्थिक वर्षको लाभांश सार्वजनिक गर्ने क्रम शुरु भएसँगै धितोपत्र दोस्रो बजारमा म्युचुअल फण्डको इकाई खरीदप्रति लगानीकर्ताको बढी आकर्षण देखिएको छ ।  यस वर्ष सबैभन्दा पहिला लक्ष्मी क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुई योजना लक्ष्मी उन्नती कोष र लक्ष्मी इक्वीटी फण्डले लाभांश सार्वजनिक गरिसकेका छन् । लक्ष्मी उन्नती कोषले करसमेत २५ प्रतिशत र लक्ष्मी इक्वीटी फण्डले ३५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेका हुन् ।  बिहीवार म्युचुअल फण्डको समूहगत परिसूचक सर्वाधिक बढेको छ भने सर्वाधिक खरीद माग पनि म्युचुअल फण्डकै इकाईमा देखिएको छ । कारोबारको ४५ मिनेटको अवधिमा म्युचुअल फण्डको समूहगत परिसूचक ४ दशमलव ८ प्रतिशतले बढेको हो ।  उक्त अवधिसम्म सर्वाधिक खरीद चाप भएका पाँच ओटा कम्पनीहरुमा लक्ष्मी इक्वीटी फण्ड, ग्लोबल आइएमई सम्मुन्नत स्किम–१,सिटिजन्स म्युचुअल फण्ड–२, लक्ष्मी उन्नती कोष र नबिल ब्यालेन्सड्स फण्ड –२ रहेका छन् । त्यस्तै सर्वाधिक मूल्य बढ्ने पाँच ओटा कम्पनीहरुभित्र पनि म्युचुअल फण्डहरुनै रहेका छन् ।  कारोबारको पौने एक घण्टाको अवधिसम्म सर्वाधिक शेयरमूल्य लक्ष्मी उन्नतीकोषको १० दशमलव शून्य ४ प्रतिशत, सिटिजन्स म्युचुअल फण्ड–२ को ९ दशमलव ९७ प्रतिशत, ग्लोबल आइएमई सम्मुन्नत स्किम–१को ७ दशमलव ९२ प्रतिशत, लक्ष्मी इक्वीटी फण्डको ७ दशमलव ४१ प्रतिशत र कुमारी इक्वीटी फण्डको इकाईमूल्य ७ दशमलव ४१ प्रतिशत बढेको छ ।