पाँचौ खुलामुखी म्युचुअल फण्ड आजदेखि बजारमा, शुभ लक्ष्मी कोषको इकाई बिक्रि खुला

लक्ष्मी क्यापिटलले आज साउन १९ गतेदेखि खुलामुखी म्युचुअल फण्ड योजनाको इकाई बिक्रि खुला गरेको छ। क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालन हुने ५० करोड आकारको शुभ लक्ष्मी कोष नामक खुलामुखी योजनाको ईकाई निष्काशन गरेको हो ।क्यापिटलले योजनाको प्रति इकाई मूल्य रु.१०/- दरको पाँच करोड इकाई निष्काशन गर्न लागेको हो।  जस मध्ये  ७५ लाख वा कुल बिक्री भएको इकाई सङ्ख्याको न्यूनतम १५ प्रतिशत) विज पूँजी बापत इकाई कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित राखिएको छ । बाँकि ४ करोड २५ लाख  इकाई मध्ये प्रथम चरणमा सर्वसाधारणमा १ करोड ७५ लाख इकाई सार्वजनिक रुपमा बिक्री गर्न लागिएको क्यापिटलले जनाएको छ।यस निष्काशनमा न्युनतम १०० इकाई र अधिकतम ५० लाख इकाईको लागि आवेदन दिन सक्ने छन् । लगानीकर्ताले छिटोमा सुन २३ गते र पर्याप्त आवेदन नपरेमा ढिलोमा भदौ २ गतेसम्म  आवेदन दिन सक्ने छन् ।यो खुलामुखी योजना भएकोले यसको कुनै निश्चित अवधि हुदैन । साथै यो नेप्सेमा सुचिकृत पनि हुदैन । तर योजना ब्यबस्थापकलाई आफुले चाहेको जुनसुकै बेलामा इकाई बिक्रि गर्न सकिने छ । बन्दमुखी योजनाको इकाई बिक्रि गर्दा खरिदकर्ता आवश्यक पर्छ र खरिदकर्ता नहुँदा इकाई बिक्रि नहुन पनि सक्छ । तर खुलामुखीको हकमा भने योजना ब्यबस्थापकले नै इकाई खरिद गर्ने हुँदा बिक्रि गर्न नपाइने समस्या हुदैन ।हालसम्म नेपालमा ३ वटा मात्र खुलामुखी म्युचुअल फण्ड योजना संचालनमा  छन् । यो बजारमा आउने पाँचौ खुलामुखी म्युचुअल फण्ड योजना हुने छ । हाल सिद्धार्थ क्यापिटल, एनआईबिएल एस क्यापिटल, एनआईसी एसिया क्यापिटल र एनएमबि क्यापिटलले  खुलामुखी म्युचुअल फण्ड योजना संचालन गरिरहेका छन्  ।

सम्बन्धित सामग्री

लक्ष्मी क्यापिटलको खुलामुखी म्युचुअल फण्डको इकाईमा आवेदन दिने म्याद थपियो

लक्ष्मी क्यापिटलले बिक्रि खुला गरेको खुलामुखी म्युचुअल फण्ड योजनाको इकाईमा आवेदन दिने म्याद थप भएको छ । क्यापिटलले साउन १९ गतेदेखि खुलामुखी म्युचुअल फण्ड योजनाको इकाई बिक्रि खुला गरेको हो। क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालन हुने ५० करोड आकारको शुभ लक्ष्मी कोष नामक खुलामुखी योजनाको ईकाई निष्काशन गरेको हो ।यस निष्काशनमा छिटोमा साउन २३ गतेसम्म आवेदन दिन सकिने ब्यबस्था रहेकोमा उक्त समयसम्म पर्याप्त आवेदन नपरेपछि अब ढिलोको मिति अर्थात् भदौ २ गतेसम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।  यद्यपि सो समय अगावै पर्याप्त आवेदन परेमा सार्वजनिक सूचना जारी गरि बिक्रि बन्द गरिने क्यापिटलले उल्लेख गरेको छ । क्यापिटलले योजनाको प्रति इकाई मूल्य रु.१०/- दरको पाँच करोड इकाई निष्काशन गरेको हो।  जस मध्ये  ७५ लाख वा कुल बिक्री भएको इकाई सङ्ख्याको न्यूनतम १५ प्रतिशत) विज पूँजी बापत इकाई कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित राखिएको छ । बाँकि ४ करोड २५ लाख  इकाई मध्ये प्रथम चरणमा सर्वसाधारणमा १ करोड ७५ लाख इकाई सार्वजनिक रुपमा बिक्री गर्न लागिएको क्यापिटलले जनाएको छ। यस निष्काशनमा न्युनतम १०० इकाई र अधिकतम ५० लाख इकाईको लागि आवेदन दिन सक्ने छन् ।यो खुलामुखी योजना भएकोले यसको कुनै निश्चित अवधि हुदैन । साथै यो नेप्सेमा सुचिकृत पनि हुदैन । तर योजना ब्यबस्थापकलाई आफुले चाहेको जुनसुकै बेलामा इकाई बिक्रि गर्न सकिने छ । बन्दमुखी योजनाको इकाई बिक्रि गर्दा खरिदकर्ता आवश्यक पर्छ र खरिदकर्ता नहुँदा इकाई बिक्रि नहुन पनि सक्छ । तर खुलामुखीको हकमा भने योजना ब्यबस्थापकले नै इकाई खरिद गर्ने हुँदा बिक्रि गर्न नपाइने समस्या हुदैन ।हालसम्म नेपालमा ३ वटा मात्र खुलामुखी म्युचुअल फण्ड योजना संचालनमा  छन् । यो बजारमा आउने पाँचौ खुलामुखी म्युचुअल फण्ड योजना हुने छ । हाल सिद्धार्थ क्यापिटल, एनआईबिएल एस क्यापिटल, एनआईसी एसिया क्यापिटल र एनएमबि क्यापिटलले  खुलामुखी म्युचुअल फण्ड योजना संचालन गरिरहेका छन्  ।

लक्ष्मी क्यापिटलको आजदेखि ‘शुभ लक्ष्मी कोष’ खुल्लामुखी म्युचुअल फण्ड निष्काशन

काठमाडौं, १९ साउन । लक्ष्मी क्यापिटल लिमिटेडले आजदेखि सर्वसाधारण लगानिकर्ताको लागि ‘शुभ लक्ष्मी कोष’ नामक खुल्लामुखी म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गरेको छ । क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरका ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाईहरु निष्कासन गर्न लागेको हो । जसमध्ये १५ प्रतिशत इकाई कोष […]

लक्ष्मी क्यापिटलले ‘शुभ लक्ष्मी कोष’ म्युचुअल फण्ड निष्काशन गदै

लक्ष्मी क्यापिटलले बिहीबारदेखि सर्वसाधारण लगानीकर्ताको लागि  ‘शुभ लक्ष्मी कोष’ नामक  खुल्लामुखी  म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरका ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाईहरु निष्कासन गर्न लागेको हो । जसमध्ये १५ प्रतिशत इकाई कोष प्रवर्द्धक लक्ष्मी बैंकले बिज पुँजीको रुपमा लगानी गर्नेछ भने बाँकी रहेको ४ करोड ७५ लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५

१४ ओटा सामूहिक लगानी कोष योजना सञ्चालनका लागि स्वीकृतिको पर्खाइमा

पुस २९, काठमाडौं । धितोपत्रमा लगानी गरी नाफा कमाउने उद्देश्यसहित थप १४ ओटा सामूहिक लगानी कोष योजना सञ्चालनको तयारीमा रहेका छन् ।  नेपाल धितोपत्र बोर्डमा दुई ओटा खुलामुखी र १२ ओटा बन्दमुखी सामूहिक लगानीकोष योजना सञ्चालनका लागि योजना व्यवस्थापक कम्पनीहरुले निवेदन दिएका हुन् । नेपालमा मर्चेण्ट बैंकरहरुले सामूहिक लगानीकोष योजनाहरु सञ्चालन गर्दै आएका छन् ।  बोर्डको वेबसाइटलाई आधारमान्दा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले खुलामुखी योजना सञ्चालनका लागि नियामक निकायसँग अनुमति मागेका छन् । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले नबिल फ्लेक्सी क्याप फण्ड नामक खुलामुखी योजना सञ्चालनको तयारी गरेको हो ।  उक्त योजना सञ्चालनका लागि नबिल इन्भेष्टमेण्ट बैंकिङले रू. ७५ करोड बराबरको ७ करोड ५० लाख इकाई जारी गर्न लागेको हो । यस योजना सञ्चालनका लागि क्यापिटलले गत असार २७ गते नै निवेदन दिएको हो । हाल योजना सञ्चालन स्वीकृतिको प्रकृया प्रारम्भिक चरणमै रहेको देखिन्छ । लक्ष्मी क्यापिटलले सञ्चालनको तयारी गरेको शुभ लक्ष्मी कोष नामक खुला मुखी योजनका लागि भने रू. ५० करोड बराबरको ५ करोड इकाई विक्रीका लागि अनुमति मागिएको छ । खुलामुखी प्रकृतिको यस योजना सञ्चालनका लागि लक्ष्मी क्यापिटलले गत बैसाख ९ गते बोर्डमा निवेदन दिएको थियो । यस योजना सञ्चालनको स्वीकृति प्रकृया भने जवाफ र समीक्षाकै चरणमा रहको देखिन्छ । यी बाहेक एनआईसी एशिया क्यापिटलले एनआईसी एशिया ग्रोथ फण्ड–२, एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड, कुमारी क्यापिटलले कुमारी धनवृद्धि योजना र कुमारी सुनौलो लगानी योजना, ग्लोबल आइएमई क्यापिटलले ग्लोबल आइएमई ब्यालेन्सड् फण्ड–१, एनएमबि क्यापिटले एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्ड–२, सानिमा क्यापिटलले सानिमा ग्रोथ फण्ड, सिद्धार्थ क्यापिटलले सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोड स्किम–३, प्रभु क्यापिटलले प्रभु स्मार्ट फण्ड, सिबिआइएल क्यापिटलले सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, सनराइज क्यापिटलले सनराइज फोकस्ड इक्वीटी फण्ड र एनआईबिएल एस क्यापिटलले एनआईबिएल ग्रोथ फण्ड नामक योजना सञ्चालन गर्न लागेका हुन् । असोजदेखि नै नियामक निकाय बोर्ड नेतृत्व बिहिन भएसँगै आईपीओ र सामूहिक लगानीकोष योजनाका लागि स्वीकृति दिने प्रकृयामा ढिलाई भइरहेको छ ।  अध्यक्ष पदपूर्तिका लागि आवेदन माग गरिएको छ । अझै बोर्डको अध्यक्ष पदपूर्तिका लागि केहि समय लाग्ने देखिन्छ । बोर्डको सञ्चालक समितिको निर्णयपछि मात्र काम कारवाही अघि बढाउनु पर्ने अवस्थाले पछिल्लो समय आईपीओ र सामूहिक लगानीकोष योजना सञ्चालनको अनुमति प्रकृया लम्बिएको जानकारी बोर्डले दिएको छ ।  हाल निमित्त अध्यक्षको जिम्मेवारी पाएका बोर्डका कार्यकारी निर्देशक निरज गिरीले यसअघि शर्त तोकेर स्वीकृति दिने व्यवस्था रहेकोमा हाल सञ्चालक समितिले शर्त पूरा गरेपछि मात्र स्वीकृति दिने व्यवस्था गरेको बताएका छन् । सोही व्यवस्थाका कारण पनि कतिपय कम्पनीको आईपीओ एवम् सामूहिक लगानीकोष योजना सञ्चालनको अनुमतिमा ढिलाई भएको जानकारी गिरीले दिए । स्वीकृतिको प्रारम्भिक चरणमा रहेका योजना :                                                                       स्रोतः नेपाल धितोपत्र बोर्ड