फागुन १३, काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्ड र लक्ष्मी उन्नति कोषले माघ महीनाको खुद सम्पत्ति मूल्य विवरण शुक्रवार सार्वजनिक गरेका छन् ।
उक्त वित्तीय विवरण अनुसार दुवै फण्डको एनएभी पुस मसान्तको तुलनामा माघ महीनामा घटेको छ । लक्ष्मी इक्विटी फण्डको एनएभी पुस मसान्तसम्ममा रू. १२ दशलमव ९३ रहेकोमा माघ महीनामा घटेर रू. १२ दशमलव ८० कायम भएको हो ।
त्यसैगरी लक्ष्मी उन्नति कोषको एनएभी पुस मसान्तसम्ममा रू. १२ दशमलव ७४ रहेकोमा महीनामा रू. १२ दशमलव ५२ कायम भएको हो । त्यसैगरी यस फण्डले माघ मसान्तसम्ममा रू. १५ करोड ९४ लाख नाफा कमाएको छ । यो नाफा पुस मसान्तको तुलनामा भने ८ प्रतिशत कमी आएको हो । फण्डले पुस मसान्तसम्ममा रू. १७ करोड ३७ लाख नाफा कमाएको थियो ।
माघ महीनामा फण्डको आम्दानी घटेसँगै नाफा घटेको हो । पुस मसान्तसम्ममा फण्डले रू. १८ करोड ११ लाख आम्दानी गरेकोमा पुस मसान्त सम्ममा माघ मसान्तसम्ममा घटेर रू. १६ करोड ८० लाखमा झरेको हो । त्यसैगरी यस फण्डको सूचीकृत शेयरमा लगानी पनि घटेको छ ।
फण्डले पुस मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ४९ करोड ५० लाख लगानी रहेकोमा माघ महीनामा घटेर रू. ४६ करोड ९ लाख कायम भएको हो ।
त्यसैगरी लक्ष्मी इक्विटी फण्डले माघ मसान्तसम्ममा रू. २९ करोड ८४ लाख नाफा कमाएको छ । फण्डको यो नाफा पुस मसान्तको तुलनामा भने ५ प्रतिशत घटेको हो । फण्डले पुस मसान्तसम्ममा रू. ३१ करोड ४९ लाख नाफा कमाएको थियो ।
माघ महीनामा फण्डको आम्दानीमा कमी आएकाले नाफा घटेको हो । पुस मसान्तसम्ममा फण्डको कुल आम्दानी रू. ३२ करोड ८८ लाख थियो भने माघ महीनामा रू. ३१ करोड ४७ लाख आम्दानी भएको छ ।
माघ मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा रू. ९९ करोड ४२ लाख लगानी गरेको छ ।