एमाले सचिव योगेश भट्टराईले आफू मन्त्री हुनुअघि नै नारायणहिटी दरबार सङ्ग्रहालयभित्र कफी हाउस बनिसकेको बताएका छन् । नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन स्वीकृति दिएको विषयमा पूर्व पर्यटनमन्त्री भट्टराई समेतको नाम जोडिएपछि उनले यस्तो दावी गरेका हुन् । ‘मेरो संलग्नता रहेको भए सत्य तथ्य र मेरो हस्ताक्षर सहितको निर्णय कपी वा मेरो लिखित निर्देशन पत्र सार्वजनिक गर्न म चुनाैती दिन्छु’, उनले सामाजिक सञ्जालमार्फत नारायणहिटी दरबार संग्राहालयभित्र रेस्टुरेन्ट बनाउने सम्बन्धी