मुटुलाई स्वस्थ राख्न हरेक दिन ३ कप कफी पिउन जरुरी छ । हरेक दिन ३ कप कफी पिउँदा २१ प्रतिशत स्ट्रोक र १७ प्रतिशत हृदयरोगको खतरा कम हुन्छ । हंगेरीको राजधानी बुडापेस्टस्थित सेमेल्भिस युनिभर्सिटीमा गरिएको अनुसन्धानले कफी र मुटु बीचको सम्बन्धलाई उजागर गरेको छ । उक्त अनुसन्धानको क्रममा कफिले कसरी मुटुलाई स्वस्थ राख्छ ? कति कप कफी पिउनु स्वास्थ्यलाई फाइदाजनक छ ? भन्ने जस्ता प्रश्नहरुको उत्तर खोज्ने प्रयास गरिएको थियो । युकेको बायोबैंकमा रेकर्ड भएका ४ लाख ६० हजार व्यक्तिहरूमाथि गरिएको अनुस