कफीको परम्परागत सूचीमा नअटाएको एउटा विशुद्ध नेपालीपनको कफी, ‘कुकर कफी’ । कुकर कफी चाख्नुभएको छैन भने ललितपुरको जावलाखेलमा गएर यसको स्वाद लिन सक्नुहुन्छ ।जावलाखेल चोकबाट पश्चिमतर्फ केही अघि बढेपछि झण्डै तीन सय मिटरको दुरीमा कफी पारखीको अनौठो भिड देखिन्छ । सेन्ट जेभियर्स स्कुल र चिडियाखानाको पर्खालबीचको सडक पेटीमा मार्बल राखिएको एउटा टेबलमाथि कुकरको अनौठो सिट्ठी सुसाइरहेको सुनिन्छ । यही सुसाइरहेको कुकरमा कफी बनाइरहेको अवस्थामा भेटिनुहुन्छ आरएन अधिकारी र अनिश पौडेल । पहिले उहाँहरु सिनामंगलको होटलम...