कफी उत्पादन वृद्धिमा जोड

काठमाडौँ- विश्वमा कफीको माग बढ्दै गएकोले यसको निकासी विस्तारका लागि गुणस्तरीय कफी उत्पादनमा ध्यान दिनुपर्ने सरोकारवालाले बताएका छन् । आज ‘व्यावसायिक कफी खेतीमा जोड–गुणस्तरीय उत्पादन हाम्रो अठोट’ भन्ने मूल नाराका साथ १८औँं राष्ट्रिय कफी दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागीले नेपालको आर्थिक विकासका लागि कफी कोसेढुङ्गा हुने बताएका हुन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको […]

सम्बन्धित सामग्री

वैदेशिक राेजगारीकाे अनुभवले गाउँमै कफी व्यवसायी बनायाे

पाल्पा – कुनै समय घरका आँगन र डिलमा सौखका रूपमा कफी लगाइन्थ्यो । उत्पादन लिन नभई घर वरपरको वातावरण सुन्दर र हरियाली बनाउन गाउँघरमा सबैका घरमा दुई–चार बोट कफीका भेटिन्थे । कफीका बोटमा फलेका दानाको महत्व राम्रोसँग थाहा नहुँदा त्यसै खेर जान्थ्यो ।  हिजोआज भने कफीतर्फ आकर्षण बढ्दै गएको छ । यसको खरिद बिक्री, खेती विस्तारमा समेत जोड दिइन थालिएको छ । पाल्पाको रामपुर नगरपालिका–५ भम्बकका प्रेमबहादुर सिंले अहिले कफीखेती गर्नुका साथै गाउँघरमा उत्पादित कफी खरिद बिक्री गरिरहनुभएको छ । करिब आठ वर्ष दक्षि...

कफी उत्पादन र निर्यात बढाउन जोड

पछिल्लो समय नेपालीमा कफी पिउने चलन बढ्दै गएको छ । साथै नेपालको कफीको अन्तर्राष्ट्रिय स्तरमा पनि उच्च माग रहेको छ । हालको अवस्थमा नेपालमा उत्पादित कफीको निर्यातभन्दा आयात नै बढी छ । आन्तरिक खपत र विदेशसमेत निर्यातका लागि कफिको उत्पादन बढाउनुपर्ने सोमबार पोखरामा आयोजित एक कार्यक्रममा बताइएको छ ।

कफी उत्पादन वृद्धिमा जोड

विश्वमा कफीको माग बढ्दै गएकोले यसको निकासी विस्तारका लागि गुणस्तरीय कफी उत्पादनमा ध्यान दिनुपर्ने सरोकारवालाले बताएका छन् ।

नुवाकोटमा कफी दिवस मनाइँदै

‘व्यावसायिक कफी खेतीमा जोड, गुणस्तरीय उत्पादन हाम्रो अठोट’ मुल नाराका साथ १८ औं राष्ट्रिय कफी दिवस मनाइँदै छ । यो दिवस यसपटक नुवाकोटमा मनाउन लागिएको छ । प्रत्येक वर्षको मंसिर १ गते मनाउने कफी दिवस चुनावको आचारसहिंताका कारण तोकिएको समयमा मनाउन सकिएको थिएन । त्यही दिवसलाई मंसिर १६ गते मनाउन लागिएको राष्ट्रिय चिया कफी विकास बोर्डले जनाएको छ । विश्वभर लोकप्रिय पेय पदार्थको रुपमा रहेको कफीको इतिहास नेपालमा लगभग ८४ वर्ष पुरानो छ । स्पेसियालिटी कफीको रूपमा नाम कमाइसकेको नेपा

आँपचौरमा सहिद पार्क बन्दै, कफि क्षेत्रको प्रचारसंगै पर्यटनमा जोड

गुल्मीको मुसिकोट नगरपालिकाले कफिको व्यवसायीक उत्पादन वृद्धि गरी कृषि पर्यटनमार्फत आर्थिक समृद्धिको परिकल्पना गरेको छ। परिकल्पनाअनुसार नगरपालिकाको वडा नं ५ स्थित आँपचौरमा ‘तल्लाफाँट शहिद पार्क’ निर्माण हुँदैछ। अहिले पार्कमा शहिद गेट,...

बेलायती राजदूतसँग परिसंघको छलफल, निर्यात प्रवद्र्धन र लगानी अभिवृद्धिमा जोड

नेपाल उद्योग परिसंघले  बेलायतका लागि नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यसँग छलफल गरेको छ  । छलफलमा परिसंघले नेपाली वस्तुको निर्यात अभिवृद्धि गर्न, बेलायती लगानी बढाउने वातावरण सिर्जना गर्न र विकासशील राष्ट्रमा नेपालको स्तरोन्नतीपछि बेलायती बजारमा नेपाली वस्तुको सुविधायुक्त प्रवेशको वातावरण सिर्जना गर्न  राजदूत ज्ञानचन्द्र आचार्यसँग आग्रह गरेको छ । बेलायतका लागि नेपाली राजदूत नियुक्त भएका आचार्यसँगको छलफलमा परिसंघले नेपालको पूर्वाधार क्षेत्रमा लगानीको ठूलो आवश्यकता रहेको भन्दै त्यसतर्फ बेलायती लगानीकर्ता आकर्षित गर्न पहल गर्नुपर्नेमा जोड दिएको हो । छलफलका क्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले विकासशील राष्ट्रमा नेपालको स्तरोन्नतीपछि नेपालले पाइरहेको व्यापार सुविधा कटौती हुन सक्ने भन्दै त्यसको निरन्तरताका लागि पहल गर्न राजदूत आचार्यसँग आग्रह गरे । उनले बेलायती पर्यटकका लागि नेपाल उत्कृष्ट भ्रमण गन्तव्य हुन सक्ने भएकाले पर्यटन प्रवद्र्धनमा काम गर्नुपर्नेमा पनि जोड दिए  । ‘नेपाल र बेलायतबीच सिधा हवाई सम्पर्क स्थापित गर्न सक्दा त्यसले पर्यटन प्रवद्र्धन र नेपाली वस्तुको निर्यातमा योगदान दिन सक्छ,’ उनले भने, ‘नेपाललाई शैक्षिक गन्तव्यको रूपमा पनि विकास गर्न सकिन्छ, हामीसँग त्यसको पर्याप्त संभावना छ ।’छलफलमा नवनियुक्त राजदूत आचार्यले नेपालमा उत्पादन हुने वस्तुहरूको बेलायती बजारमा प्रवद्र्धनका लागि आफूले काम गर्ने बताए  । उनले बेलायतमा नेपाली गलैँचा, हस्तकला, तयारी पोशाक, चिया, कफी जस्ता वस्तुको अधिक संभावना रहेको र नेपाली वस्तुहरूमाथि बेलायती नागरिकको विश्वास पनि रहेकाले त्यस्ता वस्तुको निर्यात प्रवद्र्धनमा निजी क्षेत्रसँग मिलेर काम गर्ने उल्लेख गरे। बेलायतले नेपाल जस्ता देशहरूमा आर्थिक÷सामाजिक विकासका लागि अनुदानका कार्यक्रम अघि बढाइरहेको भन्दै उनले पूर्वाधार विकासमा त्यो उपयुक्त हुने बताए । राजदूत आचार्यले नेपाल उद्योग परिसंघले आयोजना गर्ने पूर्वाधार सम्मेलनमा बेलायती लगानीकर्ता सहभागी गराउन पहल गर्ने पनि उल्लेख गरे  । ‘दुई देशबीचको आर्थिक सम्बन्धलाई थप बलियो बनाउन राजनीतिक तहमा नै संयन्त्र विकास गरी काम गर्ने सोच अघि बढाएका छौँ,’ उनले भने, ‘त्यसमार्फत पनि दुई देशबीचको आर्थिक कुटनीति बलियो बनाउने र नेपालमा लगानी बढाउन तथा नेपाली वस्तुको निर्यात अभिवृद्धि गर्न सकिन्छ ।’ नेपाल र बेलायतबीच ऐतिहासिक सम्बन्ध रहेको र यो सम्बन्धलाई नेपालको आर्थिक विकासमा उपयोग गर्ने गरी आफूले रणनीति तयार गर्ने उनको भनाइ छ । छलफलमा परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले नेपालको जलविद्युत, खनिज, पर्यटन, शिक्षा र स्वास्थ्य गरी पाँचवटा क्षेत्र बेलायती लगानीकर्ताका लागि आकर्षक क्षेत्र हुन सक्ने औँल्याए  । नेपालमा उत्पादन हुने वस्तुलाई भारतमा भन्सार छुट सुविधासहित निर्यात गर्न सकिने भएकाले लगानीकर्ताले बजारको चिन्ता लिनु नपर्ने उनको भनाइ छ । यसैगरी परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाइ शाक्य, गलैँचा उत्पादक संघका महासचिव अशोक अग्रवाल एवं गलैँचा निर्यातकर्ता राहुल शाक्य र तयारी पोशाक उत्पादक एवं निर्यातकर्ता बलराम गुरुङले नेपाली उत्पादन प्रवद्र्धनका लागि बेलायतस्थित दूतावासमा प्रदर्शनी केन्द्र स्थापना गर्न आग्रह गरे । उनीहरूले बेलायतमा नेपाली उत्पादन प्रवद्र्धनका लागि वार्षिक कार्यक्रम नै तय गरी व्यापार मेला आयोजना गर्न पनि सुझाव दिए । बेलायती उद्योगी र नेपाली उद्योगीबीच आपसी सम्बन्ध स्थापित गराउन दूतावासले पहल गर्नुपर्नेमा पनि जोड दिए ।

धनकुटामा वृहत कफी विकास कार्यक्रम थालनी

साउन २५, धनकुटा । धनकुटामा वृहत कफी विकास कार्यक्रम औपचारिक रुपमा थालनी गरिएको छ ।  उक्त कार्यक्रम अन्तर्गत नीजि क्षेत्रसँग सहकार्य गरेर पाख्रीबास, भेडेटार, सिधुवा, जोरपाटी, हिले, धनकुटामा कफीको आउटलेट निर्माणको तयारी गरिएको छ । जसका लागि आगामी पाँच वर्षे योजना अघि सारिएको छ । पहिलो चरणमा पाख्रीबास नगरपालिका क्षेत्रमा कफी पकेट क्षेत्र घोषणा सहित २०७७ असोजदेखि वृहत कफी नर्सरी थालिएको नगरपालिकाले जानकारी दिएको छ ।  कफी विकास कार्यक्रमको औपचारिक उद्घाटन धनकुटाको पाख्रीबासबाट शुरु गरिएको हो । उक्त योजना अनुसार कफी उत्पादनका लागि ५५ लाखको लागतमा प्रशोधन केन्द्र निर्माण गरिने तयारी गरिएको छ ।  यस्तै, ४५ लाखको लागतमा कफी हाईटेक नर्सरी निर्माण र प्रशोधनका लागि आवश्यक जनशक्ती उत्पादन गर्न प्राविधिक शिक्षालय स्थापना गरिने नगरपालिकाका उपप्रमुख देवकला पौडेल तिम्सिनाले बताइन् । नगरपालिकाका सम्भाबित सबै वडामा कफी खेती तालिम र प्रभावकारी सेवाका लागि कफी संकलन केन्द्र निर्माण गरिने उनको भनाइ छ ।  पाख्रीबासमा मुलुककै नमूना कफी खेतीको रुपमा विस्तार गर्ने योजना अनुसार कार्य अघि सारिएको उनले बताइन् । ‘हामी आगामी वर्षदेखि नै परिणाम दिनेगरी काम अघि बढाएका छौं’, उनले भनिन्, ‘कफीको लागि मुलुककै मोडेल खेती शुरु गरिदैंछ ।’  २०७६ साल फागुनमा कफी सम्बन्धी आधार रेखा थालिएको उक्त स्थानमा हालसम्म पाँच लाख कफी बिरुवा उत्पादन थालिएको छ । यस वर्ष मात्र ५० हजार विरुवा उत्पादन गरी कृषकलाई वितरणको तयारी गरिएको कृषि विज्ञ जीवनकुमार राईले बताए । विज्ञ राईको परिकल्पनामा अघि सारिएको योजना हो । पाख्रीबासका ४८ हजार हेक्टर क्षेत्रफलमा कफी खेती गरिने भएको छ । उक्त क्षेत्रफलमा ८४ लाख बिरुवा रोपिने जानकारी दिइएको छ ।  आगामी पाँच वर्षमा २ करोड ४० लाख केजी कफी उत्पादन गरिने योजना अघि बढाइएको छ । जसबाट सरकारी प्रति केजी ८३ रुपैयाँका दरले १ अर्ब ९९ करोड २० लाखको कफी विक्री गर्न सकिने उल्लेख गरिएको छ । राईका अनुसार कफी खेतीका लागि नगरको लगानीमा ५ लाख बिरुवा तयारी अवस्थामा रहेका छन् । सबै वडाहरुमा सम्भाव्यता अध्ययन गरी आम समुदायमा खफी खेती विस्तार गर्न लागेको नगर आफैंले पनि ५० रोपनीमा नमूना कफी खेतीको कार्यक्रम समेत शुरु गरेको छ । धनकुटाका एक स्थानिय तह एक उत्पादनलाई जोड दिने क्रममा पाख्रिबास नगरपालिका धनकुटाले व्यावसायिक कफी खेती शुरु गरेको हो । कफी खेतीको उद्धाटन गर्दै राईले कफी खेतीको बृहत विकासको लागि वडाका सबै १० वडाका जनप्रतिनीधिहरुले समेत कफी खेती गर्न जोड दिए । उनले कफी खेतीको बजारको जिम्मा नगरले लिनु पर्नेमा समेत जोड दिएका छन् ।

कफी खेती प्रोत्साहन गर्न प्रदेश सरकारले सहयोग गर्ने

पोखरा-केही वर्षदेखि गण्डकी प्रदेशका पहाडी क्षेत्रमा जिल्ला कफी उत्पादन घट्दै गएपछि प्रदेश सरकारले कफी उत्पादनमा विशेष जोड दिने भएको छ । प्रदेशमा कफी उत्पादन घटेसँगै प्रदेश सरकारले कफी उत्पादनमा विशेष अनुदानसहितका कार्यक्रम ल्याउने भएको गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले बताए ।व्यावसायिक कफी खेती गर्ने किसानलाई प्रोत्साहन स्वरुप कफीको प्रशोधन र […]