मुलुकमा कफी उत्पादन वृद्धि नहुँदा आयात ह्वात्तै बढेको छ। सरकारले कफी उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिए पनि एक वर्षकै अवधिमा ३२ करोड ५८ लाख रूपैयाँको कफी आयात भएको छ।...
विकास ‘कफी बारिस्टा’ को अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रशिक्षक भए । संसारका २८ देश पुगे । त्यहाँका नाम चलेका ठूला रेस्टुरेन्ट र क्याफेले दिएका प्रस्तावले उनलाई आकर्षित गर्न सकेन । पीआरको पनि लोभ गरेनन् । उनलाई ठूला देशका चकाचौंधको मोह र रंगिन सपनाले तानेन ।
काठमाडौं। पछिल्लो समय नेपालमा कफी संस्कृतिको विकास भएसँगै यसका प्रयोगकर्ता बढेका छन् । फलस्वरूप नेपाली कफी निर्यातभन्दा विदेशी कफी आयात हरेक वर्ष बढ्दो क्रममा रहेको पाइएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष (आव) २०७९/८० मा कफी निर्यात ११ प्रतिशतले बढ्दा आयात १ सय ५५ प्रतिशतले बढेको छ ।
तथ्यांकअनुसार आव २०७९/८० मा नेपालबाट १३ करोड ४ लाख ४१ हजार रुपैयाँको ७७ दशमलव ८६ मेट्रिक टन कफी निर्यात भएको थियो । उक्त वर्ष ३२ करोड ५८ लाख ६६ हजार रुपैयाँको ४ सय ५० मेट्रिक टन कफी आयात भएको छ । यस वर्ष नेपालमा ३ हजार ६ सय ५५ हेक्टर जमीनमा कफीखेती भएको तथ्यांक छ ।
अघिल्लो आव २०७८/७९ मा ११ करोड ७० लाख ८५ हजार रुपैयाँको ६९ दशमलव ५१ मेट्रिक टन कफी निर्यात भएको थियो । उक्त वर्ष १२ करोड ७५ लाख ९० हजार रुपैयाँको २ सय ७९ दशमलव ८१ मेट्रिक टन कफी आयात भएको तथ्यांकले देखाएको छ । यस वर्ष नेपालमा ३ हजार ३ सय ४३ हेक्टर जमीनमा कफीखेती भएको थियो ।
यो तथ्यांकले नेपालमा कफी प्रयोग गर्नेको संख्या बढेको छ भनेर सजिलै अनुमान लगाउन सकिने देखिन्छ । बोर्डका निर्देशक डा. दीपक खनालले कफी आयात अप्रत्याशित रूपले बढ्नुको प्रमुख कारण आन्तरिक खपत भएको बताए ।
उनका अनुसार पछिल्लो समय नेपालमा कफी पिउने प्रवृत्ति संस्कृतिकै रूपमा विकास भइरहेकाले क्याफे तथा आउटलेटको संख्या पनि ह्वात्तै बढेको पाइन्छ ।
‘कफीको प्रयोग बढ्दै गयो, उक्त अनुपातमा उत्पादन वृद्धि हुन सकेन । यसले आयातलाई प्रोत्साहन गरेको देखिन्छ,’ उनले भने । खनालका अनुसार नेपालमा खपत हुने कफीको ठूलो परिमाण छिमेकी राष्ट्र भारतबाट आयात हुन्छ । पछिल्लो समय कफीको मूल्य पनि व्यापक बढेको छ । यसअघि कफी आयात गर्दा भन्सारमा ४० प्रतिशत शुल्क लाग्ने गरेकोमा अहिले ५८ प्रतिशतसम्म लाग्छ । ‘यसले पनि मूल्यको हिसाबले आयात तुलनात्मक रूपमा बढी देखिन्छ,’ उनले भने ।
बोर्डको तथ्यांकअनुसार नेपालमा कफी रोपण क्षेत्र बढ्दै गए पनि उत्पादनचाहिँ घट्दै गएको छ । आव २०७१/०७२ मा २ हजार ३ सय ८१ हेक्टर जमीनको खेतीबाट ४ सय ६३ मेट्रिक टन कफी उत्पादन भएको थियो । आव २०७९/८० मा ३ हजार ६ सय ५५ हेक्टरको खेतीबाट ३ सय ९४ मेट्रिक टन मात्रै उत्पादन भएको छ । नेपालमा कफी खेती हुने क्षेत्रफलको तुलनामा उत्पादन बढ्न नसक्नुमा कफीको प्रजातिमा अनुसन्धान नहुनु एउटा कारण भएको निर्देशक खनाल बताउँछन् । उनका अनुसार नेपालमा वर्षौंदेखि अराबिका प्रजातिको कफी मात्रै खेती भइरहेको छ । अरू प्रजातिले उत्पादन राम्रो दिन सक्छ कि भन्ने विषयमा अनुसन्धान हुनुपर्ने आवश्यकता उनले औंल्याए ।
कफी रोपिसकेपछि उत्पादन हुन ४/५ वर्ष लाग्ने हुन्छ । यसले गर्दा यस वर्ष खेती भएको कफी तथ्यांकमा समावेश भइसकेको हुन्छ । त्यसले प्रतिफल दिन ४/५ वर्ष कुर्नुपर्ने भएकाले खेती भएको क्षेत्रफलको तुलनामा उत्पादन कम देखिन गएको उनको भनाइ छ ।
नेपाली बजारमा स्वदेशमा उत्पादित ‘फिल्टर’ कफीको माग बढेको छ । नेपालमा कफीको ४० प्रतिशत खपत स्वदेशी बजारमा हुन थालेको व्यवसायीहरूले बताएका छन् । ‘तीन वर्षअघिसम्म उत्पादनको ९∞प्रतिशतभन्दा बढी हिस्सा विदेश निर्यात हुन्थ्यो,’ नेपाल कफी व्यवसायी महासंघका अध्यक्ष श्यामप्रसाद भण्डारीले भने, ‘स्वदेशमै कफीको बजार ह्वात्तै विस्तार भएको छ ।’ केही वर्षअघिसम्म भारतलगायतका देशबाट आयातित कफीमा निर्भर नेपालले हाल विदेशी कफीलाई विस्थापित गर्न थालेको बताइन्छ । गतवर्ष नेपालले ४ सय २९ मेट्रिक टन ‘पार्चमेण्ट कफी’ (बोक्रा छोडाइएको दाना कफी) उत्पादन गरेको तथ्यांक छ । ‘विदेशी कफीलाई ३५ प्रतिशत विस्थापित गरिसकेका छौं,’ भण्डारीले भने, ‘अबको ७/८ वर्षभित्र विदेशी कफीलाई पूर्णतया विस्थापित गर्न सकिन्छ ।’
वर्ष ६, अंक ९०, सोमवार, ५ पुस, २०६७
काठमाडौं । मुलुकभर ह्वात्तै जाडो बढको छ । यस्तो जाडो याममा हामीले बिहान उठ्ने वित्तिकै चिया वा कफी पिउने गर्छौं । तर, स्वास्थ्यका लागि बिहान खाली पेटमा चिया वा कफी नभई मन तातो पानीबाट सुरुवात गर्नुपर्छ । स्वस्थ रहन दैनिक ३ लिटर पानी पिउनु जरुरी छ ।
इलाम । विगतका वर्षमा यसपटक चियाको दोस्रो टिपाइ गर्ने बेला हुन्थ्यो । चियाको मुनाकै राजा मानिने पहिलो टिपाइबाटै किसानले उल्लेख्य आम्दानी बटुल्थे । यसपटक विगतझैं भएन ।
चियाको पहिलो टिपाइ फस्टाउन फागुन पहिलो वा मध्यसम्ममा आकाशबाट पानी पर्दा फाइदा पुग्छ । यसपटक त्यो समयमा पानी परेन । यसैले यसपटक चिया उत्पादन ह्वात्तै घट्यो । गतवर्ष तीन हजार किलो हरियो पत्ती बनाएका इलाम नगरपालिका–१ स्थित साँखेजुङका किसान गोपाल दाहालले यसपटक बल्लतल्ल ७०० किलो चिया भएको बताए । ‘पानी नपरेकै कारण चिया उत्पादनमा ह्रास आयो । शायदै त्यो मौसममा (फागुन महीना) पानी परेको भए यसपटक चिया बढ्थ्यो,’ उनले भने ।
चियाका लागि आकाशबाट परेको पानी सबैभन्दा बढी लाभदायक हुन्छ । वैकल्पिक माध्यमबाट पानी लगाए पनि आकाशबाट परेको पानीमा जति अन्य तवरको पानीमा चिया फस्टाउँदैन । अघिल्ला वर्षमा पनि यही ‘सिजन’को पानीका कारण चिया उत्पादनमा किसानले हण्डर खानुपरेको थियो । यसपटक त किसानले पानी मात्र नभई मलका कारण पनि समस्या भोग्नुपरेको सूर्योदय नगरपालिकाका किसान गोपाल कट्टेलले जानकारी दिए ।
‘पानीको त मुख्य समस्या नै भयो, तर मल अभाव हुँदा पनि चिया घटेको छ,’ कट्टेलले भने । इलामका धेरै चिया बगान र उद्योग अग्र्यानिक (जैविक) बनेका छन् । यस्ता बगान र उद्योगले रासायनिक मलको प्रयोग गर्दैनन् । तर अन्य उद्योगका लागि भने रासायनिक मलको खाँचो पर्छ । गएको वर्षसमेत यहाँका किसानले रासायनिक मलको अभाव झेल्नुपर्यो ।
उत्पादनमा समस्या भएको चियामा यसपटक निकासीमा पनि उस्तै लफडा झेल्नुपरेको छ । यहाँको चिया झापा हुँदै भारतीय बजार पुग्ने गर्छ । तर यसपटक भने कोरोनाका कारण सहज रूपमा चिया निकासी भएको छैन । कोरोनाले नेपालबाट बाहिर पठाउन समस्या परेको छ भने भारतीय बजारमा चिया किन्नेको पनि संख्या एकदमै कम छ । ‘हामीलाई यताको भन्दा पनि उताकै तनाव छ । अरू बेला यहाँबाट गएको चिया अधिकतम मात्रामा विक्री हुन्थ्यो,’ सूर्योदय टी प्रोड्युसर्सका सचिवसमेत रहेका कट्टेलले भने, ‘भारतमा कोरोना बढेकै कारण झमेला खेप्नुपरेको छ ।’
चिया लैजानु पूर्व एकपटक चियाको ‘स्याम्पल’ (नमूना चिया) लैजानुपर्छ । तर यसपटक स्याम्पलसमेत पठाउन सकिएको छैन । जुन सिजनको चिया निर्यात गर्नुपर्ने हो, त्यो सिजनको चिया पहिलै स्याम्पलका रूपमा पठाउनु पर्छ । यसपटक भने कोरोनाका कारण सम्भव भएको छैन । विगतका वर्षमा वैशाख १५ सम्ममा पहिलो सिजनको स्याम्पल पठाइसकिन्थ्यो । तर यसपटक हालसम्म पुग्न सकेको छैन ।
देउमाई नगरपालिकाका उद्योगी गोपाल दाहालका अनुसार खरीदकर्ताले चाहेको समयमा चिया पुर्याउन नसक्दा विक्री नहुने सम्भावना बढी हुन्छ । यसका लागत बढी हुने र फिर्ता हुने भएकाले उद्योगकै घाटामा जान सक्छ । चालू आर्थिक वर्ष २०७७/७८ मा ९ हजार ५७० मेट्रिक टन चिया निर्यात भएको छ । यसबाट चालू आर्थिक वर्षमा ३ अर्ब ६ करोड आम्दानी भएको भन्सार विभागको तथ्यांक छ ।
गत आर्थिक वर्ष २०७६/७७ मा ११ हजार १८५ मेट्रिकटन चिया निकासी भएको थियो । यसबाट २ अर्ब ७८ करोड आम्दानी भएको थियो । गत आर्थिक वर्षमा २४ हजार ११८ मेट्रिक टन चिया उत्पादन भएको थियो । कोभिड–१९ का कारण कम निकासी भएको चियाको निकासी सहज भएपछि निर्यात वृद्धि भएको नेपाल चिया तथा कफी विकास बोर्डले बताएको छ । रासस
वैशाख २७, इलाम । विगतका वर्षमा यसपटक चियाको ‘सेकेण्ड फ्लस’ टिप्ने बेला हुन्थ्यो । चियाको मुनाकै राजा मानिने ‘फस्ट फ्लस’बाटै किसानले उल्लेखनीय आम्दानी बटुल्थे । यसपटक विगत झैँ भएन ।
चियाको पहिलो टिपाइ फस्टाउनका लागि फागुन पहिलो वा मध्यसम्ममा आकाशबाट पानी पर्दा फाइदा पुग्छ । यसपटक त्यो समयमा पानी परेन । यसैले यसपटक चिया उत्पादन ह्वात्तै घट्यो । गत वर्ष तीन हजार किलो हरियोपत्ती बनाएका इलाम नगरपालिका–१ स्थित साँखेजुङका किसान गोपाल दाहालले यसपटक बल्लतल्ल ७०० किलो चिया भएको बताए । ‘पानी नपरेकै कारण चिया उत्पादनमा ह्रास आयो । सायदै त्यो मौसममा (फागुन महीना) पानी परेको भए यस पटक चिया बढ्थ्यो’, उनले भने ।
चियाका लागि आकाशबाट परेको पानी सबैभन्दा बढी लाभदायक हुन्छ । वैकल्पिक माध्यमबाट पानी लाए पनि आकाशबाट परेको पानीमा जति अन्य तवरको पानीमा चिया फस्टाउँदैन । अघिल्ला वर्षमा पनि यही ‘सिजन’को पानीका कारण चिया उत्पादनमा किसानले हण्डर खानुपरेको थियो । यसपटक त किसानले पानी मात्र नभई मलका कारण पनि समस्या भोग्नुपरेको सूर्योदय नगरपालिकाका किसान गोपाल कट्टेलले जानकारी दिए ।
‘पानीको त मुख्य समस्या नै भयो तर मल अभाव हुँदा पनि चिया घटेको छ’, कट्टेलले भने । इलामका धेरै चिया बगान र उद्योग अर्गानिक (जैविक) बनेका छन् । यस्ता बगान र उद्योगले रासायनिक मलको प्रयोग गर्दैनन् तर अन्य उद्योगका लागि भने रासायनिक मलको खाँचो पर्छ । गएको वर्षसमेत यहाँका किसानले रासायनिक मलको अभाव झेल्नु पर्यो ।
निकासीमा उस्तै लफडा
उत्पादनमा समस्या भएको चियामा यसपटक निकासीमा पनि उस्तै लफडा झेल्नुपरेको छ । यहाँको चिया झापा हुँदै भारतीय बजार पुग्ने गर्छ तर यसपटक भने कोरोनाका कारण सहजरूपमा चिया निकासी भएको छैन ।
कोरोनाले नेपालबाट बाहिर पठाउन समस्या परेको छ भने भारतीय बजारमा चिया किन्नेको पनि संख्या एकदमै कम छ । ‘हामीलाई यताको भन्दा पनि उताकै तनाव छ । अरुबेला यहाँबाट गएको चिया अधिकतम मात्रामा बिक्री हुन्थ्यो’, सूर्योदय टी प्रोड्युसर्सका सचिवसमेत रहेका कट्टेलले भने, ‘भारतमा कोरोना बढेकै कारण झमेला खेप्नुपरेको छ ।’
चिया लैजानु पूर्व एकपटक चियाको ‘स्याम्पल’ (नमूना चिया) लैजानु पर्छ तर यसपटक स्याम्पलसमेत पठाउन सकिएको छैन । जुन सिजनको चिया निर्यात गर्नुपर्ने हो त्यो सिजनको चिया पहिलै स्याम्पलका रूपमा पठाउनु पर्छ । यसपटक भने कोरोनाका कारण सम्भव भएको छैन । विगतका वर्षमा वैशाख १५ सम्ममा पहिलो सिजनको स्याम्पल पठाइसकिन्थ्यो तर यसपटक हालसम्म पुग्न सकेको छैन ।
देउमाई नगरपालिकाका उद्योगी गोपाल दाहालका अनुसार खरीदकर्ताले चाहेको समयमा चिया पु¥याउन नसक्दा बिक्री नहुने सम्भावना बढी हुन्छ । यसको लागत बढी हुने र फिर्ता हुने भएकाले उद्योगकै घाटामा जान सक्छ । चालु आर्थिक वर्ष ०७७र ७८ मा नौ हजार ५७० मेट्रिक टन चिया निर्यात भएको छ । यसबाट चालू आर्थिक वर्षमा रू. तीन अर्ब ६ करोड आम्दानी भएको भन्सार विभागको तथ्यांक छ ।
गत आर्थिक वर्ष ०७६ ०७७ मा ११ हजार १८५ मेट्रिकटन चिया निकासी भएको थियो । यसबाट रू. दुई अर्ब ७८ करोड आम्दानी भएको थियो । गत आर्थिक वर्षमा २४ हजार ११८ मेट्रिक टन चिया उत्पादन भएको थियो । कोभिड–१९ का कारण कम निकासी भएको चियाको निकासी सहज भएपछि निर्यात वृद्धि भएको नेपाल चिया तथा कफी विकास बोर्डले जानकारी दिएको छ । रासस