मधेस प्रदेश सरकारले मधेस आन्दोलनका क्रममा सहिद भएकाका परिवारलाई नगद २ लाख रुपैयाँसहित सम्मान गरेको छ । मधेस आन्दोलनको क्रममा माघ ५ गते सिरहाको लहानमा रमेश महतोको मृत्यु भएको दिनलाई यहाँ बलिदानी दिवसका रुपमा मनाइन्छ । प्रदेश सरकारले उक्त दिवसमा बिहीबार प्रदेशमा सार्वजनिक बिदा दिएको थियो ।