गोरखा : प्रदेश सभाबाट विश्वासको मत पाएलगत्तै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मन्त्रिमण्डल बिस्तारमा सक्रिय बनेका छन्।शुक्रबार प्रदेशसभाबाट विश्वासको मत पाएसँगै मन्त्रिमण्डललाई जतिसक्दो छिटो पूर्णता दिन पोखरेलले तयारी थालेका हुन्। विश्वासको मत लिएपछि सत्तापक्षीय सांसदहरु शुक्रबार साँझ मन्त्रिमण्डल बिस्तारको बिषयमा अनौपचारिक छलफलमा जुटेका थिए। तर कांग्रेस र माओवादीबाट भने को को मन्त्री बन्ने भन्ने टुङ्गो लागिसकेको छैन।हाल ११ वटा मन्त्रालय रहेको गण्डकी प्रदेश सरकारमा मुख