मन्त्री श्रेष्ठ कांग्रेस गण्डकी प्रदेशको उपसभापतिमा लड्दै

पर्वत : नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको उपसभापति पदमा गण्डकी प्रदेशका मन्त्री मेखलाल श्रेष्ठले उम्मेदवारी दिने भएका छन्।शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकासमन्त्री रहेका श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो उम्मेदवारीको बारेमा प्रचार गर्दै आफूलाई उपसभापतिमा जिताउन अपिल गरेका छन्।आफू लामो समयदेखि कांग्रेसको संगठन निर्माणको लागि सक्रिय रहँदै आएकोले प्रदेशको उपसभापतिमा उम्मेदवार रहने घोषणा गरेको मन्त्री श्रेष्ठले बताए।‘लामो समयदेखि कांग्रेसको सक्रिय राजनीतिमा रहँदै आए