मन्त्री चयनका लागि कांग्रेस छलफलमा

काठमाडौं। सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकारमा पहिलो चरणमा सहभागी हुने मन्त्री छनोटका लागि नेपाली कांग्रेसका नेताहरु छलफलमा जुटेका छन्। देउवा निवास बुढानीलकण्ठमा बिहानैदेखि कांग्रेस नेताहरु छलफलमा रहेपनि टुंगो लागिसकेको छैन। बुढानिकण्ठ स्रोतकाअनुसार मन्त्री बन्नेमा बालकृष्ण खाँड, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, पुष्पा भुषाल लगायतकोे नाम चर्चामा छ। हाल छलफलमा रहेकाले मन्त्री बन्नेको टुंगो नलागिसकेको नेता बालकृष्ण खाँणले देखापढीलाई बताए।

सम्बन्धित सामग्री

गठबन्धन कुनै पनि हालतमा टुट्दैन : मन्त्री कार्की

काठमाडौँ – प्रधानमन्त्री चयनका बिषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्ष बिहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको गठबन्धनको बैठकमा पहिला को प्रधानमन्त्री भन्ने बिषयमा सहमति जुट्न नसकेको हो । गठबन्धनभित्र कांग्रेस सभापति शेर बहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड मध्ये को पहिला प्रधानमन्त्री हुने भन्ने विवाद छ । बैठकपछि कांग्रेस […]

लोकप्रिय मतसहित रामहरि खतिवडा कांग्रेस केन्द्रीय सदस्यमा विजयी

नेपाली कांग्रेसका प्रभावशाली युवा नेता रामहरि खतिवडा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि खुला केन्द्रीय सदस्यको लागि भएको निर्वाचनमा खतिवडा पाँचौ लोकप्रिय मतसहित विजयी भएका हुन् । पटक पटक केन्द्रीय सदस्य र मन्त्री बनेका नेताहरुलाई पछि पार्दै खतिवडाले पाचौं लोकप्रिय मत प्राप्त गरेका छन् । आइतवार सार्वजनिक अन्तिम नतिजामा खतिवडाले २ हजार ८ सय ३२ मत प्राप्त गरेका हुन् । सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, कानून मन्त्री दिलेन्द्र बडू, पटक पटक केन्द्रीय सदस्य निर्वाचित...

मोरङमा कोइरालाविरुद्ध देउवा र पौडेल समूह एकै ठाउँ

आफूलाई कोइराला पक्षमै रहेको बताउने सभापतिका उम्मेदवार एक्कासी संस्थापन पक्षमा लाग्नु शंकास्पद भएको कांग्रेस नेता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की बताउँछन् ।

मन्त्री चयनका लागि कांग्रेस नेताहरुको छलफल शुरु

२० असोज, काठमाडौं । पार्टीबाट मन्त्री बन्ने नेताहरुको नाम टुंग्याउन सत्तारुढ नेपाली कांग्रेसको शीर्ष नेता र पदाधिकारीसहितको बैठक शुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा शुरु भएको बैठकले मन्त्री टुंगो लगाउने नेताहरुले बताएका छन् । सत्तारुढ दलहरुबीच मंगलबार मन्त्रालय बाँडफाँटमा सहमति जुटेको थियो । जस अनुसार कांग्रेसले ८ मन्त्री र एक राज्यमन्त्री […]

मन्त्री चुन्‍नका लागि सर्त राखेको लाइसेन्स जारी गरौं : सांसद महत

शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएपछि सत्तारुढ गठबन्धनमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मन्त्री चयन गर्न आफूलाई कठिन भएको सार्वजनिक अभिव्यक्ति दिए । सत्ता गठबन्धनमा रहेका कांग्रेस र जसपामा पनि मन्त्री चयनका लागि सकस भएको छ ।