भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको हिंसा भड्काउने अभिव्यक्तिविरुद्ध कुनै कारबाही नभएको भन्दै कांग्रेसका नेताहरूले पनि आपत्ति जनाउन थालेका छन् ।
शनिवार बिहान कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मन्त्री यादवलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पदमुक्त गर्नुपर्ने सुझाव दिएका थिए ।
अहिले कांग्रेस उपसभापति धनराज गुरुङले पनि मन्त्री यादवको अभिव्यक्तिमा कुनै कारबाही नभएपछि ‘अति गरे खती’ हुने उल्लेख गरेका छन् ।
‘मन्त्री जस्तो जिम्मेवार पदमा बसेर हिंसा भड्काउने गैरजिम्मेवार अभिव्...