काठमाण्डाै – नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको पुष्टि भएको छ ।
काभ्रेको धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको अणुवांशिक (जिन सिक्वेन्सिङ) अध्ययनमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले जानकारी दिनुभयो । उहाँका अनुसार यो नयाँ देखिएको सङ्क्रमण ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति 'BA5U' हो । निर्देशक दासले नयाँ प्रजातिको भेरियन्टबारे अध्ययन गरिरहेको बताउन...