अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले आइतबार देश छाड्नुभएको बताइएको छ । विद्रोही तालिबान लडाकूहरु देशको केन्द्रीय राजधानी काबुल प्रवेश गरेपछि उहाँले देश छाड्नुभएको स्थानीय सञ्चारमाध्यमहरुलाई उद्धृत गर्दै चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । प्राप्त समाचारअनुसार शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्ने बारेमा छलफल भइरहेका बेला उहाँले देश छोडेर ताजिकिस्तान जानुभएको जनाइएको छ । स्थानीय टोलो समाचारलाई …