अमेरिकाले आफ्ना सैनिकहरू फिर्ता लगेपछि द्रुत गतिमा अफगानिस्तानका विभिन्न प्रान्तमा विजय प्राप्त गर्दै तालिबान अब देशकै शासन चलाउने अवस्थामा पुगेको छ । राजधानी काबुल पनि तालिबानको नियन्त्रणमा आइसकेको छ र राष्ट्रपति अशरफ गानी देश छोडेर पलायन भइसकेका छन् ।
त्यसो त सन् १९९६ देखि २००१ सम्म पनि तालिबानले शासन चलाएकै हो । सन् १९९६ मा अहिलेकै जस्तो आश्चर्यजनक ढंगले प्रान्तीय राजधानीहरूमा कब्जा गर्दै काबुल आइपुगेर तालिबानले देशको शासन चलाएको थियो ।
तालिबानले त्यतिखेर देशभरि इस्लामको कट्टरपन्थी देवबन्दी व्याख्या गर्दै...