अफगानिस्तानमा विदेशी नागरिकलाई खतरा छैन - तालिबान प्रवक्ता

काठमाण्डाै – अफगानिस्तान तालिबान विद्रोही समूहको नियन्त्रण नजिक पुगेको छ । तालिबान लडाकु ३४ वटा सबै प्रान्तीय राजधानी नियन्त्रणमा लिएर केन्द्रीय राजधानी काबुलमा प्रवेश गरिसकेकाले अफगानिस्तान तालिबानको नियन्त्रण नजिक पुगेको बीबीसीले जनाएको छ । तालिबान समूहले काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्किन दिन आफ्ना लडाकुहरूलाई निर्देशन दिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।तालिबान लडाकु काबुल प्रवेश गरेपछि अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले तालिबान प्रतिनिधिसँग भेट गर्नुभएको छ । भेटमा घानीले ...

सम्बन्धित सामग्री

पाकिस्तानी तालिबान मजबुत बन्दै गएकोमा पाकिस्तानी सांसद्को चिन्ता

काठमाडौँ- पाकिस्तानका एकजना प्रभावशाली सांसद्ले पाकिस्तानी तालिबानले आफूलाई अझ सशक्त बनाउँदै गएकोबारे चिन्ता व्यक्त गरेका छन् । पाकिस्तानको राष्ट्रिय सभाका प्रभावशाली सदस्य मोशिन दवारले पाकिस्तानी तालिबान अझ मजबुत हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका हुन् । अफगानिस्तानमा पाकिस्तानी तालिबानका हजारौँ लडाकु सक्रिय रहेको र यसबाट पाकिस्तान सरकारलाई ठूलो खतरा रहेको निष्कर्षसहित संयुक्त राष्ट्रसंघले प्रतिवेदन सार्वजनिक […]

तालिबानप्रतिको उदारताले खतरा निम्त्याउँछ : पूर्व अफगान मन्त्री

काठमाडौं– अफगानिस्तानकी पूर्वमन्त्रीले तालिबान प्रतिको उदारताले खतरा निम्त्याउने चेतावनी दिएकी छिन् । युरोपियन फाउण्डेशन फर साउथ एसियन स्टडिजसँगको अन्तरवार्ताका क्रममा अफगानिस्तानकी पूर्व पेट्रोलियम तथा खानी मन्त्री नरगिस नेहनले यस्तो बताएकी हुन् । तालिबानप्रति उदार व्यवहार गर्नाले विश्वका अन्य क्षेत्रमा पनि अतिवादी समूहलाई फाइदा पुग्ने उनको भनाइ छ । अहिले सत्तामा आएको नयाँ तालिबान पुरानो तालिबानभन्दा […]

तालिबान भन्छ– आईएसकेपी हाम्रा लागि ठूलो खतरा हैन

अफगानिस्तानमा सरकार चलाउन प्रयासरत तालिबानले आतंकवादी संगठन इस्लामिक स्टेट खोरासान प्रोभिन्स (आईएसकेपी) लाई ठूलो खतरा नमानेको नांगरहर प्रान्तका गभर्नर मुल्ला नेडा मोहम्मदले बताएका छन् ।  काबुल नियन्त्रणमा लिएपछि तालिबानले देशका विभिन्न भागमा लुकेर बसेका आईएस आतंकवादीहरूलाई धरपकड गरिरहेको बताए । आफ्नै प्रान्तमा पनि अहिलेसम्म ८० जना आतंकवादीलाई पक्राउ गरेको उनले जानकारी दिए ।  केही वर्षयता भइरहेका आतंकवादी आक्रमण आईएसकेपीले गराएको मोहम्मदको भनाइ छ । उसले मस्जिद, सार्वजनिक स्थान र अस्पतालमा पनि विस्फोट गराए...

हमलाको चेतावनीपछि पनि काबुल विमानस्थलमा भारी भीड : देशबाट बाहिरिन मर्नसमेत तयार

अफगानिस्तानमा काबुल विमानस्थलबाहिर हमलाको खतरा भएको भन्दै चेतावनी जारी गरिएको छ तर यसले विमानस्थलबाहिर जम्मा हुने भीडमाथि कुनै असर देखिएको छैन । एकातिर जहाँ काबुल विमानस्थलमा तैनाथ पश्चिमी देशका सैनिक त्यहाँ भीड नियन्त्रित गर्ने कोसिस गरिरहेका छन् भने अर्कोतर्फ तालिबान लडाकू विमानस्थल बाहिर सुरक्षाको निगरानी गरिरहेका छन् जहाँ हज्जारौंको संख्यामा मानिसहरु अहिले पनि उपस्थित छन् । यद्यपि, तालिबानले अफगान नागरिकलाई हवाई अड्डामा जान नदिने बताएको थियो । विमानस्थलमा काम गरिरहेका एक अफगान

घरघरमा गएर पत्रकार खोज्दै तालिबान, विदेशी सञ्चारमाध्यममा काम गर्ने तारोमा

अफगानिस्तानमा तालिबान लडाकूहरूले डोयचवल मिडियाका पत्रकारका एक आफन्तलाई गोली हानेर हत्या गरेका छन् ।  उनीहरू घरघरमा गएर पत्रकारको खोजी गरिरहेका छन् । खोजी गरिएका ती पत्रकार अहिले जर्मनीमा बसेर काम गरिरहेको डोयचवलले बिहीवार जानकारी दियो ।  अर्का आफन्तलाई गम्भीर चोटपटक लागेको छ तर अन्य चाहिँ भाग्न सफल भए, डोयचवलले बतायो । तर घटनाको विस्तृत विवरण उसले उपलब्ध गराएन ।  डोयचवलका महानिर्देशक पिटर लिम्बोर्गले उक्त हत्याको भर्त्सना गरे । अफगानिस्तानमा पत्रकार तथा तिनको परिवारमाथिको खतरा यसबाट स्पष्ट भएको ...

दूतावास र कूटनीतिज्ञलाई निशाना बनाउँदैनौं : तालिबान प्रवक्ता शाहिन

एजेन्सी।तालिबान समूहका प्रवक्ता मोहम्मद सुहेल शाहिनले अफगानिस्तानमा रहेका विभिन्न देशका कूटनीतिक नियोग र त्यहाँ कार्यरत कूटनीतिक कर्मचारीलाई आफूहरुले निशाना नबनाउने स्पष्ट पारेका छन्।पत्रकार सम्मेलनमा बोल्दै उनले लडाकूहरुलाई यस्तो निर्देशन दिइसकेको बताए।अमेरिका,बेलायतलगायत विभिन्न देशले काबुलमा रहेको आफ्ना दूतावास बन्द गर्ने घोषणा गरिरहेका बेला तालिबान प्रवक्ताबाट यस्तो आश्वासन आएको हो। “दूतावास र कूटनीतिज्ञलाई कुनै खतरा हुनेछैन, यो हाम्रो प्रतिबद्धता हो”,शाहिनले भने।

तालिबान लडाकुको सफलता विश्वकै सुरक्षाका लागि खतरा हुन सक्ने

बीबीसी। अफगान सेनाका एक जेनरलले सरकारी फौजहरूसँगको लडाइँमा तालिबान लडाकु समूह विजयी भएमा विश्व शान्तिमा भयावह परिणाम निम्त्याउने चेतावनी दिएका छन्। जेनरल सामी सदातले दक्षिणी हेलमन्ड प्रान्तमा तालिबान लडाकुविरुद्ध जारी लडाइँको नेतृत्व गरिरहेका छन्। हेलमन्डको राजधानी लश्कर गहमा भीषण सङ्घर्ष भइरहेको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार पछिल्ला दिनमा त्यहाँ कम्तीमा दशजना नागरिकको ज्यान गएको छ।

तालिबानले अफगानिस्तान कब्जा गर्दा पाकिस्तानलाई खतरै खतरा

तालिबानले अफगानिस्तानका धेरै भूभागमा कब्जा गरिरहेको छ । तालिबान विजयी भएमा उक्त क्षेत्र नै जोखिममा पर्नेछ किनकि त्यसपछि शरणार्थीहरूको प्रवाह छिमेकी मुलुकहरूतर्फ बढ्नेछ ।  अमेरिकाका लागि पाकिस्तानका पूर्व राजदूत हुसेन हक्कानीका अनुसार, तालिबानको विजयले पाकिस्तानका स्थानीय अतिवादीहरूको मनोबल बढाउनेछ र पुनः उदाउँदै गरेको अलकायदालाई प्रोत्साहन गर्नेछ ।  पाकिस्तानी अधिकारी र जनता तालिबानको लगातारको विजयबाट खुशी देखिन्छन् । तर पाकिस्तानले तालिबानलाई समर्थन गरेर पश्चात्ताप गर्नुपर्ने हुन सक्छ ।  त्यसो त प...

प्रदेश २ का मुख्यमन्त्री राउतको पुत्ला दहन

जनकपुरधाम : राष्ट्रिय एकता अभियानले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन गरेको छ।प्रदेश २ सरकारले मदरसा शिक्षा विधेयक ल्याएर प्रदेशलाई तालिबान बनाउन लागेको आरोप लगाउँदै अभियानले मुख्यमन्त्री राउतको आज जनपुरधामस्थित जनक चोकमा पुत्ला दहन गरेको हो।अभियानले विधेयक फिर्ताको माग गर्दै प्रदर्शनसहित मुख्यमन्त्री राउतको पुत्ला दहन गरेका हो। पुत्ला दहनको क्रममा प्रहरीसँग झडप समेत भएको थियो।अभियानका अध्यक्ष विनय यादवले उक्त विधेयकले प्रदेश तालिबान बन्न सक्ने खतरा रहेकाले विरोध गरिएको बता