कोरोना संक्रमणको चेन ब्रेक गर्न वैशाख २५ गतेदेखि दार्चुलामा जारी गरिएको निषेधाज्ञा हटेको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले जारी निषेधाज्ञा शुक्रबारदेखि खुला गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासनले यसअघि लगाइएको असार मसान्तसम्मको निषेधाज्ञा बिहीबार सकिएको थियो । कोभिड–१९ व्यवस्थापन समितिको बैठकले जनजीवन सामान्य बनाउन स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णरूपमा पालना गरेर निषेधाज्ञा खुला गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए ।