बालबालिकाका लागि थप २३ लाख खोप काठमाडौं आइपुग्यो

१९ असार, काठमाडौं । ५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको करिब थप २३ लाख मात्रा फाइजर खोप काठमाडौं आइपुगेको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियाले कोभ्याक्स सुविधामार्फत २२ लाख ९९ हजार २ सय मात्रा पेडियाट्रिक डोज खोप आइतबार आइपुगेको बताए । चौरासियाका अनुसार खोप अभियान सञ्चालन गरिएका २७ […]

सम्बन्धित सामग्री

मीरा केन्द्रमा ‘प्रोजेक्ट खुला आकाश’

काठमाडौं। लिडएक्स नेपाल र आइडिया स्टुडियो नेपालद्वारा पहल गरिएको ‘समुदायमा विद्यार्थी’अन्तर्गत विभिन्न क्षेत्रका स्नातक तहका विद्यार्थीले ‘प्रोजेक्ट खुला आकाश’ परियोजना सञ्चालन गरेका छन् । मीरा सेन्टरमा प्रारम्भिक उमेरका बालबालिकाका लागि खेल मैदान निर्माण गर्ने लक्ष्यका साथ यो परियोजनाको परिकल्पना गरिएको बताइएको छ । मीरा केन्द्र बनेपा, काभ्रेको प्रारम्भिक बाल हेरचाह विकास केन्द्र हो, जसले पाँच वर्षमुनिका बालबालिकाको स्वस्थ विकासको लागि आवश्यक सुरक्षित पालनपोषण र अन्य सेवा प्रदान गर्दै आएको छ । केन्द्रले बालबालिकाको समग्र विकासका लागि हेरचाह, शिक्षा र स्वास्थ्य सेवाका सन्दर्भमा उनीहरूको आवश्यकता पूरा गर्न उपयुक्त वातावरण प्रदान गर्ने लक्ष्य राखेको बताइएको छ । परियोजना अन्तर्गत केन्द्रमा खेल मैदान निर्माण, खेलौना, स्टेशनरी सामान, क्रिकेट ब्याट, फुटबल, ह्वाइट बोर्ड, स्न्याक्स लगायत उपलब्ध गराइएको छ । आइडिया स्टुडियो नेपाल र लिडएक्स नेपालका दुईजना स्नातक फेलोले लियो क्लब डिस्ट्रिक्ट काउन्सिल ३२५ एम नेपालबाट थप ११ जना स्नातक लियोसँग सहकार्य गरेका छन् । उनीहरूमा नेतृत्व, लचिलोपन, टोली निर्माण, परियोजना व्यवस्थापन, अनुकूलन क्षमता आदि विकास गर्ने लक्ष्य राखिएको परियोजना खुला आकाशमा सहभागी हुने अवसर दिइएको बताइएको छ । परियोजनालाई डा. छिरिङ लामा, लियो क्लब नेपाल, प्रभु बैंकका कर्मचारी र साया माथेमाले पनि आर्थिक सहयोग गरेका थिए ।

बालगृहलाई हिमालय एअरलाइन्स्को सहयोग

काठमाडौं । हिमालय एअरलाइन्स्ले ‘शिक्षातर्फ पाइला’ अभियानअन्तर्गत ‘लवप्रसाद बालगृह’लाई आर्थिक सहयोग गरेको छ । अनाथ तथा विपत्र बालबालिका आश्रित उक्त बालगृहको भान्सा र भोजन कक्ष मर्मतसम्भारका लागि उक्त सहयोग गरिएको एअरलाइन्स्ले जानकारी दिएको छ । बिहीवार बालगृहमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा एअरलाइन्स्का अध्यक्ष झो इन्योङले बालगृहका अध्यक्ष उषा कार्कीलाई रू. ३ लाख ९६ हजारको चेक हस्तान्तरण गरेका थिए । एअरलाइन्स्ले नगदका अतिरिक्त भान्सामा प्रयोग हुने सामग्री, स्केच बुक, क्रिकेटको सेट, क्यारमबोर्ड, ब्याडमिन्टन सेट, बास्केट बल, लुडो, स्किपिङ रोप जस्ता विभित्र खेलकुदका सामग्री पनि सहयोग गरेको छ । सुन्दरीजलस्थित बालगृहले हाल १३ जना बालबालिकालाई आश्रय, शिक्षा, हेरचाह र पालनपोषणको व्यवस्था गर्दै आएको छ । उक्त सहयोग रकम बालबालिकाका लागि घरेलु वातावरण, थप स्वस्थ, अनुकूल र व्यवस्थित बनाउन बालगृह भवनको भान्सा र भोजन कक्षको मर्मतसम्भारमा खर्चिने बताइएको छ । बालगृहलाई गरिएको सहयोगले बालबालिकाको सुखद जीवन र व्यवस्थित बसाइको व्यवस्था गर्न चाहेको एअरलाइन्स्का अध्यक्ष इन्योङले बताए ।

अमेरिकाबाट आयो बालबालिकालाई कोरोनाविरुद्धको थप खोप

काठमाडौं, ३१ असार । नेपालका बालबालिकाका लागि अमेरिकाले कोरोना विरुद्धको थप १० लाख खोप उपलब्ध गराएको छ । अमेरिकाले थप १० लाख ८ हजार फाइजर भ्याक्सिन नेपाललाई दिएको हो । ५ देखि १२ वर्षसम्मका लागि लगाउन मिल्ने उक्त परिणामको खोप बिहीबार नै नेपाल आइपुगेको हो । नेपालस्थित अमेरिकी दुतावासकोे अनुसार यस अघि नै ४० लाख […]

अमेरिकाले फेरि दियो बालिबालिकालाई लगाउने १० लाख ८ हजार डोज कोरोना खोप

३१ असार, काठमाडौं । अमेरिकाले बालबालिकाका लागि कोरोना विरूद्धको थप १० लाख ८ हजार डोज फाइजर भ्याक्सिन उपलब्ध गराएको छ । ५ देखि १२ वर्षसम्मका बालबालिकाका लागि लगाउन मिल्ने १० लाख ८ हजार डोज भ्याक्सिन बिहीबार बेलुकी नेपाल आइपुगेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । योसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र युनिसेफ नेपालसँगको सहकार्यमा अमेरिकाले […]

५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि २३ लाख खोप काठमाडौं आइपुग्यो

५ देखि ११ वर्षसम्मका बालबालिका लागि कोरोनाभाइरसविरुद्धको थप करिब २३ लाख मात्रा फाइजर खोप काठमाडौं आइपुगेको छ।

५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि २३ लाख खोप काठमाडौं आइपुग्यो

५ देखि ११ वर्षसम्मका बालबालिका लागि कोरोनाभाइरसविरुद्धको थप करिब २३ लाख मात्रा फाइजर खोप काठमाडौं आइपुगेको छ।

ग्राहक रोजाइमा पर्‍यो टाटा नेक्सन

काठमाडौं (अस) । बजारमा विभिन्न कम्पनीले एसयूभी सेग्मेन्टअन्तर्गतका गाडी बिक्री तथा वितरणमा जोड दिँदै आएका छन् । नेपाली ग्राहकले टाटा नेक्सन बढी रुचाइएको पाइएको नेपालमा टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले बताएको छ । नेपालमा सन् २०२१ जुलाईदेखि बिक्री सुरु भएको टाटा नेक्सनले  ग्राहक प्रतिक्रिया र बजार दुवै सकारात्मक पाएको कम्पनीले दाबी गरेको छ । नेपाली बजारमा टाटा नेक्सनको प्रतिस्पर्धीका रूपमा हुन्डाईको भेन्यू र रेनोको काइगर रहेका छन् । टाटाको नेक्सन, हुन्डाईको भेन्यू र रेनोको काइगर तीनै गाडीमा बिएस–६ कम्प्लायन्टको इन्जिन जडित छ । टाटा नेक्सनले ग्लोबल एनक्यापमा ५ स्टार सुरक्षा रेटिङ पाएको छ । भेन्यू र काइगरले भने सुरक्षा रेटिङमा ४ स्टार रेटिङ पाएको छ । टाटा नेक्सन १,२३७ केजीको छ । हुन्डाई भेन्यूको तौल १,११२ देखि १,२५१ केजी छ । रेनो काइगरको तौल १,०१२ केजी छ । टाटा नेक्सनको लम्बाइ ३,९९३ एमएम, चौडाइ १,८११ र उचाइ १,६०६ एमएम छ । यो गाडीको ह्वीलबेस २,४९८ एमएम छ भने भेन्यू र काइगरको ह्वीलबेस २,५०० एमएम रहेको छ । २०९ एनएम ग्राउन्ड क्लियरेन्सको टाटा नेक्सन नेपाली बाटो सुहाउँदो रहेको कम्पनीको दाबी छ । ५ सिटर नेक्सन, भेन्यू र काइगर तीन वटै एसयुभीको बाहिरी डिजाइन लोभलाग्दो छ । नेक्सनमा सन रुफ, डुअल–फंसन डे–टाइम रनिङ एलइडी लाइटलगायत सुविधा रहेकाले युवा पुस्ताको रोजाइमा परेको कम्पनीको दाबी । टाटा नेक्सन इन्टेरिअर आधुनिक डिजाइनमा तयार पारिएको छ भने यसको क्याबिन फराकिलो हुनुका साथै डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, फराकिलो सेन्ट्रल कन्सोल र थप स्टोरेजका लागि ठाउँ पर्याप्त रहेको छ । कम्पनीका अनुसार टाटा नेक्सनमा यात्रु सुविधाका लागि अटोमेटिक क्लाइमेट कन्ट्रोल सुविधा छ । टाटा नेक्सनले वयस्क सुरक्षाका लागि ग्लोबल एनक्याप टेस्टमा ५ स्टार र बालबालिकाका सुरक्षाका लागि थ्री स्टार रेटिङ पाएको छ । नेक्सनमा हिलहोल्ड कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल, ब्रेक असिस्ट र इलेक्ट्रोनिक स्टेबिलिटी इबिडीसहितको एबिएस, रिभर्स पार्किङ सेन्सरजस्ता विशेषता छन् । नेक्सन १.२ लिटर टर्बो रिभोल्ट्रोन पेट्रोल इन्जिन र १.२ लिटर टर्बो रिभोल्ट्रोन डिजेल इन्जिन विकल्पमा उपलब्ध छ । १,१९९ सिसी डिस्प्लेसमेन्ट भएको नेक्सनको पेट्रोल इन्जिन विकल्पमा ३ सिलिन्डर, २ भल्भ, एसओएचसी इन्जिन जडित छ । यसले  ५,५०० आरपिएममा १२० पिएस पावर र १,७५०–४,००० आरपिएममा १७० एनएम टर्क जेनेरेट गर्छ । डिजेल विकल्पमा उपलब्ध नेक्सनमा १,४९७ सिसी डिस्प्लेसमेन्ट, ४ सिलिन्डर छ,  जसले ४,०० आरपिएममा ११० पिएस पावर र १,५००–२,७५० आरपिएममा २६० एनएम टर्क जेनेरेट गर्छ । नेक्सनको पेट्रोल संस्करणले प्रतिलिटर १७.४ किलोमिटर र डिजेल संस्करणले २२.४ किलोमिटर माइलेज दिन्छ । टाटा नेक्सनमा इको, सिटी र स्पोर्ट गरी तीन ड्राइभिङ मोड छन् । नेपालमा नेक्सनको मूल्य ४० लाख ३० हजारदेखि ५३ लाख ९० हजार रुपैयाँसम्म पर्छ । यो हरियो, सेतो, रातो र ग्रे गरी चार रंग विकल्पमा उपलब्ध छ ।

कोरोना संक्रमणबाट काभ्रेमा ४ महीनामा १३७ जनाको मृत्यु, १० हजार संक्रमित

भदौ २, काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयता चार महीनाका अवधिमा काभ्रेमा १३७ जना संक्रमितको मृत्यु भएको छ । यही अवधिमा जिल्लामा दश हजारभन्दा बढीमा संक्रमण देखिएको तथ्यांकले देखाएको छ ।  गत साल कोरोनाको पहिलो चरणमा १४ महिलासहित ४५ संक्रमितको मृत्यु भएको थियो । उक्त अवधिका तीन हजार ४५० मा संक्रमण पुष्टि भएको जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी) को तथ्यांकमा उल्लेख छ । गतअसार महीनामा नगन्य मात्रामा कोरोना संक्रमणबाट मृत्युको घटना भए पनि साउनमा मृत्युदर बढेको थियो । हालसम्म जिल्लाका १३ हजार ६६५ मा संक्रमण देखिएकोमा १८२ को मृत्यु भएको छ । यसमध्ये करीब साढे तीन हजार गत सालका संक्रमित हुन् भने १० हजारभन्दा बढी संक्रमणको दोस्रो लहर शुरु भएयताका हुन् ।  हालसम्मका कुल संक्रमितमध्ये ९५ प्रतिशत अर्थात् १२ हजार ९४० संक्रमणमुक्त भइसकेका छन् । पछिल्लो केही हप्तादेखि संक्रमण र मृत्युदर बढ्न थालेपछि गत साउन २५ गतेदेखि यही भदौ ३ गतेसम्म निषेधाज्ञामा थप कडाइ गरिएको छ । हाल दैनिक संक्रमणदर ५० देखि १०० को हाराहारीमा रहेको केन्द्रको तथ्यांकले देखाएको छ । पहिलोपटक विसं २०७७ जेठ १ गते जिल्लाको धुलिखेल अस्पतालमा उपचारार्थ सिनधुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाबाट कारण मृत्यु भएको थियो । नेपालमा यो पहिलो घटना हो । कोरोनाको दोस्रो लहरमा द्रुतगतिमा संक्रमण जिल्लास्थित समुदायमा फैलिएका कारण धेरै संख्यामा संक्रमण र मृत्यु भएको केन्द्रले बताएको छ । ‘संक्रमितको हेलचेक्रयाइँ र अन्तिम अवस्थामा मात्रै अस्पताल आउने गर्दा पनि केही मृत्युदर बढेको हो’, केन्द्रका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्रकुमार झाले भने । उनका अनुसार यसपालिको संक्रमणदरको गति विश्लेषण गर्न नसक्दा र ‘कन्ट्याक्ट टे«ेसिङ’मा ढिलाइ हुँदा संक्रमण बढेको अनुमान गरिएको छ । संक्रमणको दोस्रो लहर शुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । संक्रमणदर बढ्दै गएपछि जेठको विभिन्न मितिमा आठ स्थानीय तहले आफ्नो क्षेत्र ‘सिल’समेत गर्नुपरेको थियो । पछिल्ला केही हप्तादेखि कोरोना संक्रमितको संख्या बढ्न थालेपछि स्थानीय तहका आइसोलेशनलाई आवश्यक अक्सिजनसहित पूर्ववत् सुविधामा राख्न निर्देशन दिइएको छ ।  केन्द्र संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले स्थानीय तहमा रहेका आइसोलेशन अक्सिजनसहित पुनःसञ्चालनमा ल्याउन निर्देशन दिइएको बताए । उनले भने, ‘संक्रमणदर दैनिक बढ्न थालेपछि स्थानीय तहका आइसोलेशन अक्सिजन सुविधासहित पुनः सञ्चालनमा ल्याउन निर्देशन दिएका छौँ ।’ उनका अनुसार संक्रमण उच्च रहेका केही स्थानीय तहमा भने आइसोलेशन सञ्चालनरत रहेका छन् । आगामी केही महिनामा संक्रमणदर बालबालिकामा उच्च हुने प्रक्षेपण गरिएपछि पनौती नगरले बालबालिकाको लागि गत असारमै आइसोलेशन निर्माण गरेको छ । नगरले ४ नम्बर वडा कार्यालयमा हाललाई ३० शय्याको अक्सिजनसहितको आइसोलेशन बनाएको हो ।  केन्द्रले गत जेठ अन्तिम साता आउँदो केही महिनामा कोभिड–१९ को संक्रमणदर बालबालिकामा उच्च हुने प्रक्षेपण गरिएअनुसार जिल्लास्थित अस्पताललाई २०५ शय्या छुट्याउन लगाउने निर्णयसमेत गरेको थियो । धुलिखेल अस्पतालले बालबालिकाको लागि १०० शय्या व्यवस्थापन गर्ने सम्झौता भइसकेको प्रजिअ पोखरलले बताए । धुलिखेल, मेथिनकोट, बनेपास्थित शिर मेमोरियल र भोमी अस्पताललगायतलाई प्रारिम्भक चरणमा २०५ शय्या छुट्याउन अनुरोध गरिने केन्द्र सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा झाले बताए ।  उनका अनुसार प्रक्षेपणअनुसार बालबालिकामा संक्रमण फैलिए स्थानीय तहलाई समेत बालबालिकाका लागि छुट्टै अक्सिजनसहितको आइसोलेशन कक्ष निर्माण गर्न लगाइनेछ । ‘प्रक्षेपित तेस्रो लहरले कस्तो क्षति पुर्‍याउँछ सोहीअनुसार वयवस्थापनमा लाग्न तयारी अवस्थामै छौँ’, उनले भने ।  यसैबीच जिल्लामा हाल ५४४ जना सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी बनेपा नगरपालिकामा १२४९, धुलिखेलमा १३७, पनौतीमा ५९, पाँचखालमा ६३, नमोबुद्धमा ७४, मण्डनदेउपुरमा ३४ तथा रोशी गाउँपालिकामा दुई, चौँरीदेउरालीमा दुई, तेमालमा चार, भुम्लुमा चार, खानीखोलामा एक, बेथानचोकमा ११ र महाभारत गाउँपालिकामा चार जना सक्रिय संक्रमित रहेको केन्द्रले बताएको छ ।

थप २ करोड डोज खोपको टुंगो लागिसकेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०२१ भित्र ठूलो जनसंख्यालाई कोभिड १९ विरुद्धको खोप लगाइने बताएका छन् ।  देशवासीका नाममा आज सम्बोधन गर्दै ओलीले सरकारले खरिद गर्ने र दाताहरुको सहयोगमार्फत् २ करोड डोज खोपको सुनिश्चितता भइसकेको बताए ।  बालबालिकाका लागि दिइने ६० लाख फाइजर खोप खरिदका लागि पनि सरकारले प्रक्रिया अघि बढाइसकेको...

वैकल्पिक सिकाइमा अपाङ्गता भएका बालबालिकाको पहुँच कमजोर : राष्ट्रिय अपाङ्ग महासंघ

काठमाडौं : वैकल्पिक माध्यमबाट पढाइ हुनु अपाङ्गता भएका बालबालिकालाई सकारात्मक भए पनि यस प्रक्रियालाई थप अपाङ्गतामैत्री बनाउन सुझाव दिइएको छ। राष्ट्रिय अपाङ्ग महासंघ नेपालले ‘वैकल्पिक सिकाइ प्रणालीमा अपाङ्गता भएका विद्यार्थीको सवाल’ विषयक शुक्रवार आयोजना गरेको भर्चुअल छलफलमा सरकारले सञ्चालन गरेको वैकल्पिक सिकाइ प्रणालीलाई त्यस्ता बालबालिकाका लागि थप सहज हुने