बालबालिकाका लागि बन्देज जोखिमयुक्त व्यवसाय र कामको सूची अद्यावधिक, के-के थपिए ?

काठमाडौं । सरकारले जोखिमयुक्त व्यवसाय तथा कामको सूची अद्यावधिक गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बाल श्रम (निषेध तथा नियमित गर्ने) ऐन, २०५६ को दफा २६ को उपदफा एकले दिएको अधिकार प्रयोग गर्दै ऐनको अनुसूचीमा जोखिमयुक्त व्यवसाय तथा काम थप गरेको हो । जसमा पर्यटनसँग सम्बन्धित सर्कसमा काम गर्ने, बन्द कोठामा काम गर्ने, […]

सम्बन्धित सामग्री

गण्डकीमा ३५ हजार साना उद्योग थपिए

गण्डकी– पछिल्ला छ वर्षमा गण्डकी प्रदेशमा ३५ हजार सात सय १६ घरेलु तथा साना उद्योग थपिएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आँकडाअनुसार सोही अवधिमा ३२ हजार नौ सय ९४ व्यवसाय दर्ता भएका छन् ।  जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयमा लघु, घरेलु तथा साना उद्योग दर्ता हुने गरेको मन्त्रालयका उद्योग–वाणिज्य महाशाखा प्रमुख रामप्रसाद […]

ठमेलमा थपिए २०० होटेल

काठमाडौं। नेपाल आउने पर्यटकको रोजाइमा पर्ने गन्तव्य काठमाडौंको ठमेल क्षेत्रमा होटेलहरूको संख्या थपिएको छ । कोभिड–१९ का कारण थाती राखेका होटेल पूर्वाधार बनाउने योजनालाई व्यवसायीहरूले पुन: अघि बढाएसँगै ठमेल क्षेत्रमा होटेलको संख्या थपिएको हो ।  सरकारले सन् २०२० मा ‘नेपाल भ्रमण वर्ष’ मनाउने घोषणा गरेसँगै भ्रमण वर्षलाई लक्ष्य गरेर ठमेल क्षेत्रमा थप होटेल तथा रेस्टुराँ खोल्ने योजना व्यवसायीले बनाएका थिए । तर, सन् २०२० को शुरूमै कोरोना महामारीले पर्यटकीय चहलपहल सुस्ताएपछि व्यवसायीले योजना थाती राखेका थिए । कोरोना न्यून भएसँगै व्यवसायीहरूले लगानी बढाउँदा यो क्षेत्रमा उक्त संख्यामा होटेल थपिएको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भवीश्वर शर्माले जानकारी दिए । सरकारले सन् २०१९ मा सन् २०२० लाई नेपाल भ्रमण वर्षको मनाउने घोषणा गरेको थियो । त्यसलाई लक्ष्य गरेर व्यवसायीले होटेल र रेस्टुराँ व्यवसायमा लगानी थप्ने तथा नयाँ लगानी गर्ने योजना बनाएका थिए । भ्रमण वर्षमा सरकारले २० लाख पर्यटक ल्याउने महत्त्वाकांक्षी घोषणा गरेको थियो ।  तर, त्यही समयमा देखिएको कोभिड–१९ का कारण व्यवसायीले आफ्ना परियोजनाहरू ‘होल्ड’ गरे । ‘कोभिड न्यूनीकरण भएपछि पूर्वाधारहरू धमाधम थपिएका छन्,’ शर्माले भने, ‘कतिपय निर्माणाधीन अवस्थामा छन्, व्यवसायीहरूले रोकेर राखेका पूर्वाधारहरू बनाउँदा यहाँ थप ४० प्रतिशत क्षमता विस्तार भएको हो ।’ कोरोनाकै बीच तथा यो भाइरस साम्य हुँदै गर्दा यो क्षेत्रमा पाँचतारे स्तरका अलफ्ट, बाराहीदेखि पर्यटकीय स्तरका काठमाडौं आगन्तुक, कैलाशकुट, सूर्यलगायत होटेल थपिएका छन् । कोरोना महामारीपछि यो क्षेत्रमा रहेका विभिन्न व्यवसायको तथ्यांक संकलन गर्ने काम जारी रहेको शर्माले जानकारी दिए । ‘सोही तथ्यांक संकलनका क्रममा हाल यो क्षेत्रमा कुल ५७३ ओटा होटेल व्यवसाय सञ्चालनमा रहेको पाइएको छ,’ शर्माले भने, ‘कोरोनाअघि सन् २०१९ सम्ममा यो क्षेत्रमा ३७३ होटेल सञ्चालनमा थिए ।’ उनका अनुसार यो संख्यामा पाँचतारेदेखि पर्यटकीय स्तरका होटेल समेटिएका छन् ।  होटेलमा लगानी थपिँदा क्षमतासमेत विस्तार भएको छ । हाल दैनिक ३५ हजार पर्यटकलाई सेवा दिन सक्ने क्षमतामा यस क्षेत्रमा होटेल पुगेको उनको भनाइ छ । होटेल पूर्वाधार बढे पनि पर्यटक भने पर्याप्त आएको अवस्था छैन । कोभिडअघि यो क्षेत्रमा दैनिक सरदर ५ हजारदेखि ७ हजारसम्म पर्यटक आइपुग्थे । परिषद्का अनुसार हाल उक्त संख्या दैनिक ४ हजारदेखि ५ हजारसम्म छ ।  मुलुकमा आउने पर्यटक संख्या बढेसँगै ठमेल पुग्नेको संख्या पनि बढेको छ । ‘यद्यपि यो पर्याप्त भने होइन,’ शर्माले भने, ‘अहिले यहाँका होटेलहरूको अकुपेन्सी नै ४० देखि ५० प्रतिशतसम्म छ । तर, पर्यटकीय सिजनको अन्तिमसम्ममा ७५ प्रतिशतदेखि ८० प्रतिशतसम्म पुग्ने हाम्रो आकलन छ ।’ ठमेलमा अहिले पाँचतारेदेखि पर्यटकीय स्तरका गरेर ५७३ होटेल सञ्चालनमा छन् । सन् २०२० यताका वर्षहरूको तुलनामा सन् २०२३ को शुरुआतदेखि नै नेपालमा पर्यटक आगमन बढेको छ । ‘एउटा होटेलमा कम्तीमा ३० कोठाको हिसाब गरेका हुन्छौं त्यस आधारमा दैनिक ३४ हजार ३८० जना पर्यटकलाई सेवा दिने क्षमता छ, यहाँ आउने पर्यटक २ देखि ३ दिन बस्छन्,’ शर्माले भने । सेप्टेम्बर तेस्रो सातादेखि नेपालमा पर्यटकीय सिजन पनि शुरू भएकाले यो क्षेत्रमा पनि पर्यटक आगमन र बसाइ बढ्नेमा यो क्षेत्रका व्यवसायी आशावादी देखिन्छन् । प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पर्यटक सुरक्षा, २४ घण्टा नै पर्यटकलाई सेवासुविधा दिने गरी रात्रिकालीन व्यवसाय सञ्चालनका विषयमा पनि परिषद्ले तयारी गरेको छ । आइतवार ठमेल क्षेत्रका होटेल व्यवसायी, महानगरीय प्रहरी वृत्त दरबारमार्ग र सोह्रखुट्टेका प्रहरी प्रमुखको उपस्थितिमा परिषद् र होटेल एशोसिएशन नेपाल (हान)ले अन्तरक्रिया कार्यक्रम आयोजना गरेका छन् ।  सो अवसरमा हानका महासचिव साजन शाक्यले पर्यटकको गन्तव्य बनेको ठमेलमा उनीहरू ढुक्क भएर घुम्न पाउने वातावरण बनाउन सहकार्य आवश्यक रहेको बताए । कोभिडअघिको तुलनामा यो क्षेत्रमा होटेल तथा रेस्टुराँको संख्या बढ्नुका साथै ट्राभल कम्पनीहरू पनि थपिएको भन्दै उनले रात्रिकालीन व्यवसायका लागि पनि प्रहरी–व्यवसायीबीच सहकार्य हुनुपर्नेमा जोड दिए । यस्तै महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख चतुर्भुज ओझाले ठमेल पर्यटन र यहाँको व्यवसायलाई सघाउन प्रहरी प्रशासन लागिपर्ने बताए । कानून नमिचिने गरी व्यवसायलाई सघाउने भन्दै ओझाले भने, ‘व्यवसायीले पनि कानूनको पालना गर्नुपर्छ, छिटोछिटो लाभ लिनेभन्दा पनि कानूनको अधीनमा रहेर काम गरौं । पर्यटन प्रवर्द्धन र सुरक्षामा सहकार्य गरौं ।’

तारे र डिलक्स गरी दर्जन होटेल थपिए

काठमाडौं । पोहोर फागुनदेखि यसपालि फागुनसम्मको १ वर्षमा नेपालमा तारे र डिलक्स गरी झन्डै १ दर्जन होटेल थपिएका छन् । यसबाहेक पर्यटकीय स्तरका, बुटिक होटेल, लज र रिसोर्ट पनि थपिएका छन् । केहीअघि कोभिड–१९ का कारण सञ्चालन खर्च नै धान्न मुश्किल देखिएको पर्यटन क्षेत्रमा होटेल, क्यासिनोदेखि ट्राभल कम्पनीसम्म थपिइरहेको देखिन्छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९/८० ले चालू आर्थिक वर्ष (आव) को फागुनसम्ममा डिलक्स र तारे गरी ११ ओटा होटेल थपिएका छन् । योसँगै मुलुकमा यस्ता होटेलको संख्या १७३ पुगेको छ । आर्थिक सर्वेक्षणअनुसार २०७८ फागुनसम्म त्यस्ता होटेल संख्या १६२ थियो । यसबाहेक लक्जरी, हेरिटेज, बुटिकसहित पर्यटकस्तरीय होटेल, लजको संख्या पनि बढेको छ ।  आर्थिक सर्वेक्षणअनुसार चालू आवको फागुनसम्ममा ४५ ओटा यस्ता व्यवसाय थपिएर यो संख्या १ हजार २२८ पुगेको हो । अघिल्लो आव यस्तो संख्या १ हजार १८३ थियो । पाँच तारेदेखि डिलक्स, पर्यटकस्तरका होटेलको संख्या बढेसँगै बेडसंख्या पनि बढेको छ । फागुनसम्ममा तारेस्तरका होटेलमा बेडसंख्या ५६० थपिएर १६ हजार ३३५ पुगेको छ ।  नेपालमा सबै किसिमका होटेलको कुल बेडसंख्या ३७ हजार ३०० पुगेको छ । आर्थिक सर्वेक्षणअनुसार क्यासिनो र मिनी क्यासिनोको संख्या अघिल्लो वर्ष फागुनको २४ बाट २८ पुगेको छ । पोहोर फागुनयताको १ वर्षमा चारओटा क्यासिनो थपिएका छन् । यस्तै ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी, र्‍याफ्टिङ व्यवसाय, पर्यटक यातायात सेवा व्यवसाय पनि थपिएका छन् ।  आर्थिक सर्वेक्षणले यो क्षेत्रमा लगानी र व्यवसाय थपिएको देखाउँदै गर्दा व्यवसायी पनि पर्यटक ल्याउन सके संरचना र पूर्वाधार निर्माणमा जति नै लगानी थपिए पनि फरक नपर्ने तर्क गर्छन् ।  होटेल एशोसिएशन नेपाल (हान)का महासचिव साजन शाक्यले व्यवसायका अन्य क्षेत्र फस्टाउन नपाए पनि पर्यटन क्षेत्रमा लगानी थपिएको बताए । ‘पर्यटन क्षेत्रमा सम्भावना देखेर नै लगानी बढेको हुनुसक्छ,’ उनले भने, ‘अहिले भएको लगानी र तयार पूर्वाधारबाट पनि वार्षिक ३५ लाखसम्म पर्यटकलाई सेवा दिन सकिन्छ ।’ उनले पर्यटनमा नयाँ लगानी आउनु सकारात्मक भएको तर पर्यटक संख्या पनि बढाउनुपर्ने चुनौती थपिएको बताए । अहिले मुलुकमा तीनओटा अन्तरराष्ट्रिय विमानस्थल छन् । भएका पूर्वाधारबाट लाखौं पर्यटकलाई सेवा दिन सक्ने होटेल व्यवसायीले बताए पनि नेपालमा वर्षभरिमा १२ लाखसम्म पर्यटक आएको अभिलेख छ ।  कोभिड–१९ महामारीपछिका वर्षहरूमा पर्यटक आगमनमा सुधार देखिएको छ । सन् २०२१ म १ लाख ५० हजारमा झरेको पर्यटक आगमन सन् २०२३ को पहिलो ५ महीनामा ४ लाख नाघेको छ । सन् २०२२ मा ६ लाख १४ हजार १४८ पर्यटक नेपाल आएका थिए । यस्तै टुर गाइड, ट्रेकिङ गाइड, रिभर गाइडको अनुमति लिनेको संख्या पनि बढेको छ ।

कोभिडपछि कम्पनी दर्ता उत्साहजनक

कोभिड महामारीपछि मुलुकको व्यावसायिक क्षेत्रमा चुनौती थपिए पनि नयाँ कम्पनी खोल्ने क्रम भने उत्साहजक रुपमा बढेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिष्ट्रार कार्यालयका अनुसार आफ्नै व्यापार–व्यवसाय सुरु गर्न कम्पनी दर्ताको क्रम बढेको हो । कोभिड महामारी सुरु भएपछि गत आर्थिक वर्ष २०७७-०७८ तथा चालू आवको पाँच महिनासम्मको तथ्यांक हेर्दा देशमा कम्पनी […]

मकवानपुरमा नाम मात्रको निषेधाज्ञा‚ ११ दिनमा थपिए ११ सय कोरोना संक्रमित

हेटौंडा : मकवानपुरमा निषेधाज्ञा जारी रहे पनि पछिल्लो समय दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। गत बैशाख १९ देखि जारी निषेधाज्ञाको मिति पटक–पटक थप गरिएको छ। तर‚ निषेधाज्ञाको पालना भने भएको छैन।न्यूनतम स्वास्थ्य मापदण्डको समेत पालना नहुँदा हेटौंडा बजारमा हुने दैनिक भीडभाडले कोरोनाको संक्रमणलाई बढाइरहेको सरोकारवालाहरु बताउँछन् छ। सर्वसाधरणहरु मास्कसमेत हिँड्डुल गर्दासमेत प्रहरी र प्रशासन मुकदर्शक बन्ने गरेको छ।स्थानीय प्रशासनले सबै व्यवसाय सञ्चालनका लागि समय तोकेको छ। बेलु

महामारीका बीचमा एक वर्षमै थपिए ५८ लाख इन्टरनेट प्रयोगकर्ता

२३ असार, काठमाडौं । विगत करीब डेढ वर्षदेखि विश्वभर नै अधिकांश व्यवसाय कोभिड-१९को महामारीसँग जुधिरहेको छ । तर, यही महामारीका बीचमा नेपालमा इन्टरनेट व्यवसायमा भने उछाल नै आयो । २०७७ वैशाखदेखि २०७८ वैशाखसम्म एक वर्षका बीचमा मात्रै ५८ लाख इन्टरनेट ग्राहक थपिएका छन् । बजारमा केबल र फाइबर इन्टरनेट सेवा दिने ४० वटा कम्पनी छन् […]

नवलपुरमा १० महीनामा थपिए २७ सय उद्योग तथा व्यवसाय

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा १० महीनाको अवधिमा करिब २ हजार ७०० उद्योग व्यवसाय थपिएका छन् । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा जिल्लामा १ हजार ३५४ उद्योग र १ हजार ३३७ वाणिज्य गरी कुल २ हजार ६९१ ओटा नयाँ उद्योग तथा व्यवसाय दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रमुख विक्रम सुवेदीले बताए । कोरोना कहरकै बीच जिल्लामा यो संख्यामा नयाँ उद्योग थपिएको कार्यालय प्रमुख सुवेदीले बताए । थपिएका उद्योगमा कृषि, पशुपालन, पर्यटनसम्बन्धी उद्योग धेरै भएको उनले जानकारी दिए । कोरोना कहरका बीच धेरैजसो कृषि तथा पशुपालनतर्फ आकर्षित भएकाले यो समयमा समेत नयाँ उद्योग दर्ताको संख्यामा कमी नआएको उनको भनाइ छ । सरकारले कृषि तथा पशुपालनमा विभिन्न सुविधा तथा अनुदान उपलब्ध गराउँदासमेत यसतर्फको आकर्षण बढेको उनले बताए । ‘राज्यले अहिले कृषि, पशुपालनमा विभिन्न सुविधा र अनुदान उपलब्ध गराउँदै आएको छ,’ प्रमुख सुवेदीले भने, ‘यसतर्फ नागरिकको आकर्षण बढ्दै गएको छ ।’      कोरोनाको असरले अन्य रोजगारका बाटो बन्द हुँदा विकल्पको रूपमा आफैले कृषि र पशुपालन गर्नु अर्को कारण भएको उनले बताए । नवलपुर कृषि र पशुपालनका लागि उपयुक्त क्षेत्र मानिन्छ । कृषि र पशुपालनका सहुलियत कर्जा उपलब्ध हुँदा लगानी गर्न सहज भएको उनको भनाइ छ । ‘कोरोना कहरका कारण अहिले अन्य पेशा, व्यवसाय नहुँदा, स्वरोजगारमूलक पेशाका रूपमा कृषि, पशुपालनमा लगानी गर्ने बढेका छन्,’ उनले भने । चालू आर्थिक वर्षको १० महीनामा ५१६ उद्योग नवीकरण भएका छन् । रासस

नवलपुरमा १० महिनामा थपिए २७ सय उद्योग तथा व्यवसाय

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा १० महिनाको अवधिमा करिब दुई हजार ७०० उद्योग व्यवसाय थपिएका छन् । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको अवधिमा जिल्लामा एक हजार ३५४ उद्योग र एक हजार ३३७ वाणिज्य गरी कूल दुई हजार ६९१ वटा नयाँ उद्योग तथा व्यवसाय दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रमुख विक्रम सुवेदीले […]

नवलपुरमा १० महिनामा थपिए २७ सय उद्योग तथा व्यवसाय

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा १० महिनाको अवधिमा करिब दुई हजार ७०० उद्योग व्यवसाय थपिएका छन् । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको अवधिमा जिल्लामा एक हजार ३५४ उद्योग र एक हजार ३३७ वाणिज्य गरी कुल दुई हजार ६९१ वटा नयाँ उद्योग तथा व्यवसाय दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय...

सौन्दर्यको व्यवसाय बढाउँदै कार्की, थपिए दुई आधुनिक शाखा

झन्डै एक दशकदेखि सौन्दर्य सेवामा रहेको फेसियल हाउसले दसैँको अवसर पारेर काठमाडौंका दुई भिन्न स्थानमा सुविधासम्पन्न शाखा विस्तार गरेको छ। फेसियल हाउस लेजिड एण्ड जेन्ट्स सैलूनका शाखा बागबजार र सिटिसी मलमा संचालनमा आएका छन्। निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले बागबजारको शाखा उद्घाटन गरिन् भने सिटिसी मल शाखाको उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, चलचित्र अभिनेता…