काठमाडौं (अस) । बजारमा विभिन्न कम्पनीले एसयूभी सेग्मेन्टअन्तर्गतका गाडी बिक्री तथा वितरणमा जोड दिँदै आएका छन् । नेपाली ग्राहकले टाटा नेक्सन बढी रुचाइएको पाइएको नेपालमा टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले बताएको छ ।
नेपालमा सन् २०२१ जुलाईदेखि बिक्री सुरु भएको टाटा नेक्सनले ग्राहक प्रतिक्रिया र बजार दुवै सकारात्मक पाएको कम्पनीले दाबी गरेको छ । नेपाली बजारमा टाटा नेक्सनको प्रतिस्पर्धीका रूपमा हुन्डाईको भेन्यू र रेनोको काइगर रहेका छन् । टाटाको नेक्सन, हुन्डाईको भेन्यू र रेनोको काइगर तीनै गाडीमा बिएस–६ कम्प्लायन्टको इन्जिन जडित छ ।
टाटा नेक्सनले ग्लोबल एनक्यापमा ५ स्टार सुरक्षा रेटिङ पाएको छ । भेन्यू र काइगरले भने सुरक्षा रेटिङमा ४ स्टार रेटिङ पाएको छ । टाटा नेक्सन १,२३७ केजीको छ । हुन्डाई भेन्यूको तौल १,११२ देखि १,२५१ केजी छ । रेनो काइगरको तौल १,०१२ केजी छ । टाटा नेक्सनको लम्बाइ ३,९९३ एमएम, चौडाइ १,८११ र उचाइ १,६०६ एमएम छ । यो गाडीको ह्वीलबेस २,४९८ एमएम छ भने भेन्यू र काइगरको ह्वीलबेस २,५०० एमएम रहेको छ । २०९ एनएम ग्राउन्ड क्लियरेन्सको टाटा नेक्सन नेपाली बाटो सुहाउँदो रहेको कम्पनीको दाबी छ ।
५ सिटर नेक्सन, भेन्यू र काइगर तीन वटै एसयुभीको बाहिरी डिजाइन लोभलाग्दो छ । नेक्सनमा सन रुफ, डुअल–फंसन डे–टाइम रनिङ एलइडी लाइटलगायत सुविधा रहेकाले युवा पुस्ताको रोजाइमा परेको कम्पनीको दाबी ।
टाटा नेक्सन इन्टेरिअर आधुनिक डिजाइनमा तयार पारिएको छ भने यसको क्याबिन फराकिलो हुनुका साथै डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, फराकिलो सेन्ट्रल कन्सोल र थप स्टोरेजका लागि ठाउँ पर्याप्त रहेको छ । कम्पनीका अनुसार टाटा नेक्सनमा यात्रु सुविधाका लागि अटोमेटिक क्लाइमेट कन्ट्रोल सुविधा छ । टाटा नेक्सनले वयस्क सुरक्षाका लागि ग्लोबल एनक्याप टेस्टमा ५ स्टार र बालबालिकाका सुरक्षाका लागि थ्री स्टार रेटिङ पाएको छ । नेक्सनमा हिलहोल्ड कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल, ब्रेक असिस्ट र इलेक्ट्रोनिक स्टेबिलिटी इबिडीसहितको एबिएस, रिभर्स पार्किङ सेन्सरजस्ता विशेषता छन् ।
नेक्सन १.२ लिटर टर्बो रिभोल्ट्रोन पेट्रोल इन्जिन र १.२ लिटर टर्बो रिभोल्ट्रोन डिजेल इन्जिन विकल्पमा उपलब्ध छ । १,१९९ सिसी डिस्प्लेसमेन्ट भएको नेक्सनको पेट्रोल इन्जिन विकल्पमा ३ सिलिन्डर, २ भल्भ, एसओएचसी इन्जिन जडित छ । यसले ५,५०० आरपिएममा १२० पिएस पावर र १,७५०–४,००० आरपिएममा १७० एनएम टर्क जेनेरेट गर्छ ।
डिजेल विकल्पमा उपलब्ध नेक्सनमा १,४९७ सिसी डिस्प्लेसमेन्ट, ४ सिलिन्डर छ, जसले ४,०० आरपिएममा ११० पिएस पावर र १,५००–२,७५० आरपिएममा २६० एनएम टर्क जेनेरेट गर्छ ।
नेक्सनको पेट्रोल संस्करणले प्रतिलिटर १७.४ किलोमिटर र डिजेल संस्करणले २२.४ किलोमिटर माइलेज दिन्छ । टाटा नेक्सनमा इको, सिटी र स्पोर्ट गरी तीन ड्राइभिङ मोड छन् । नेपालमा नेक्सनको मूल्य ४० लाख ३० हजारदेखि ५३ लाख ९० हजार रुपैयाँसम्म पर्छ । यो हरियो, सेतो, रातो र ग्रे गरी चार रंग विकल्पमा उपलब्ध छ ।