काठमाडौं । हिमालय एअरलाइन्स्ले ‘शिक्षातर्फ पाइला’ अभियानअन्तर्गत ‘लवप्रसाद बालगृह’लाई आर्थिक सहयोग गरेको छ । अनाथ तथा विपत्र बालबालिका आश्रित उक्त बालगृहको भान्सा र भोजन कक्ष मर्मतसम्भारका लागि उक्त सहयोग गरिएको एअरलाइन्स्ले जानकारी दिएको छ ।
बिहीवार बालगृहमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा एअरलाइन्स्का अध्यक्ष झो इन्योङले बालगृहका अध्यक्ष उषा कार्कीलाई रू. ३ लाख ९६ हजारको चेक हस्तान्तरण गरेका थिए । एअरलाइन्स्ले नगदका अतिरिक्त भान्सामा प्रयोग हुने सामग्री, स्केच बुक, क्रिकेटको सेट, क्यारमबोर्ड, ब्याडमिन्टन सेट, बास्केट बल, लुडो, स्किपिङ रोप जस्ता विभित्र खेलकुदका सामग्री पनि सहयोग गरेको छ ।
सुन्दरीजलस्थित बालगृहले हाल १३ जना बालबालिकालाई आश्रय, शिक्षा, हेरचाह र पालनपोषणको व्यवस्था गर्दै आएको छ । उक्त सहयोग रकम बालबालिकाका लागि घरेलु वातावरण, थप स्वस्थ, अनुकूल र व्यवस्थित बनाउन बालगृह भवनको भान्सा र भोजन कक्षको मर्मतसम्भारमा खर्चिने बताइएको छ । बालगृहलाई गरिएको सहयोगले बालबालिकाको सुखद जीवन र व्यवस्थित बसाइको व्यवस्था गर्न चाहेको एअरलाइन्स्का अध्यक्ष इन्योङले बताए ।