काठमाडौं : वैकल्पिक माध्यमबाट पढाइ हुनु अपाङ्गता भएका बालबालिकालाई सकारात्मक भए पनि यस प्रक्रियालाई थप अपाङ्गतामैत्री बनाउन सुझाव दिइएको छ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले ‘वैकल्पिक सिकाइ प्रणालीमा अपाङ्गता भएका विद्यार्थीको सवाल’ विषयक शुक्रवार आयोजना गरेको भर्चुअल छलफलमा सरकारले सञ्चालन गरेको वैकल्पिक सिकाइ प्रणालीलाई त्यस्ता बालबालिकाका लागि थप सहज हुने