काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तोकेको भन्दा बढी शुल्क लिएर वा फर्जी कागजात बनाएर वैदेशिक रोजगारीमा नपठाउन सम्बन्धित म्यानपावर कम्पनीलाई निर्देशन गरेको छ । आज मन्त्रालयले एक प्रेष विज्ञप्ति जारी गर्दै पछिल्लो समय यस्ता खाले ठगी बढेको भन्दै यस्तो नगर्न सचेत गराएको हो ।
नियमअनुसार मलेसिया लगायत खाडी देशमा शून्य लागतमा कामदार पठाउनुपर्नेमा ठूलो रकम लिएर पठाउने गरेको, गलत तवरले रकम असुल्ने गरेको, कामदारको फर्जी मेडिकल जाँच गरेको मन्त्रालयले जनाएको छ । यस्तै, विदेश जानुपूर्व अनिवार्य रुपमा लिनुपर्...