काठमाण्डाै - टोखा नगरपालिकाले तोकेभन्दा बढी शुल्क लिने टोखाभित्रका संस्थागत विद्यालयलाई कारबाही गर्ने भएको छ ।
नगरपालिकाले हिजाे एक विज्ञप्ति जारी गरी विभिन्न मिति र समयमा नगरपालिकाभित्रका संस्थागत विद्यालयको अनुगमन तथा निरीक्षण गर्दा कतिपय विद्यालयले अभिभावकसँग नगरपालिकाले तोकेको मापदण्डभन्दा बढी शुल्क लिएको पाइएकाे जानकारी दिएकाे हाे ।
नगरपालिका शिक्षा शाखाका अधिकृत खगेन्द्रसिंह धामीले अनुगमनका क्रममा नगरपालिकाले तोकेकोभन्दा बढी शुल्क लिएको, कक्षा ११ को नतिजा समयमै प्रकाशन नगरेको, विद्यालयमा विद्य...