उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गरिने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गरिने जनाएको छ । मन्त्रालयले सङ्क्रमणको महामारीमा केही निजी अस्पतालले सरकारले तोकेकोभन्दा बढी शुल्क लिने गरेको पाइएकाले...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयले सङ्क्रमणको महामारीमा केही निजी अस्पतालले सरकारले तोकेकोभन्दा बढी शुल्क लिने गरेको पाइएकाले त्यस्ता अस्पताललाई कारवाही गर्ने भएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बढी शुल्क लिने अस्पतालका बारेमा मन्त्रालय र स्थानीय प्रशासनमा परेको उजुरीका आधारमा कारवाही गरिने बताए । “महामारीको यो सङ्कटमा हामीले एकले अर्कालाई सेवाभाव सहयो
सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको उजुरीपछि काठमाडाँै जिल्ला प्रशासन कार्यालयले काठमाडौँ मेडिकल कलेज (केएमसी) र ह्याम्स अस्पताललाई बुधबार स्पष्टीकरण सोधेको छ ।
कोरोना सङ्क्रमितको उपचारका लागि केएमसी अस्पतालले दैनिक ३० हजार रुपियाँसम्म र ह्याम्स अस्पतालले दैनिक ५० हजार रुपियाँसम्म शुल्क सूची सार्वजनिक गरेपछि स्पष्टीकरण सोधिएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।
सरकारले तोकेकोभन्दा बढी शुल्क लिएमा कानुनी कारबाही हुने चेतावनी दिइएको छ ।