मणिपाल कलेजले बढी शुल्क लिएको विरोधमा प्रदर्शन

पोखराको मणिपाल कलेजले बढी शुल्क लिएको भन्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । नेकपा एमाले निकट अनेरास्ववियु गण्डकीले कलेजले अध्ययनरत विद्यार्थीसँग चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क उठाएको आरोप लगाउँदै कलेज परिसरमा प्रदर्शन गरेका हुन् ।विद्यार्थीबाट असुल गरेको शुल्क फिर्ता गर्नुपर्ने माग गर्दै अनेरास्ववियुले बुधवार कलेजमा विरोध प्रदर्शन गरेको छ । मणिपाल कलेजले चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीबाट अस्वभाविक शुल्क असुल गरेकाले बाध्य भएर आन्दोलनमा उत्रनुपरेको अनेरास्वविय