चिकित्सा शिक्षा आयोगलाई केएमसीको जवाफ : बढी शुल्क नलिएको दावी

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले विद्यार्थीहरूबाट बढी शुल्क नदिएको दावी गर्दै चिकित्सा शिक्षा आयोगलाई जवाफ पठाएको छ । बढी शुल्क लिएको गुनासो आएको भन्दै आयोगले सोधेको प्रश्नमा केएमसीले विद्यार्थीहरूबाट बढी शुल्क नलिएको र आयोगले तोकेको शुल्कमै पठनपाठन गराइरहेको भन्दै जवाफ पठाएको हो । पठनपाठनका लागि आयोगले निर्धारण गरेको शुल्क कार्यान्वयन नभएको र कक्षा सञ्चालन नभएको गुनासो तथा उजुरी आएको भन्दै आयोगले यो विषयमा केएमसीसहित तीन वटा मेडिकल कलेजसँग जवाफ माग गर्दै पत्र पठाएको थियो । स

सम्बन्धित सामग्री

मेडिकल कलेजले बढी शुल्क लिन नपाउने

चिकित्सा शिक्षा अन्तर्गत स्नातक तहको एमबीबीएस कार्यक्रमका लागि शिक्षण संस्थाहरुले चिकित्सा शिक्षा आयोगबाट निर्धारित शुल्क भन्दा बढी शुल्क लिन नपाउने निर्णय सरकारले गरेको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राष्ट्रिय चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, काठमाडौं मेडिकल कलेज, नोबेल मेडिकल कलेज, अभिभावक एव्म विद्यार्थीहरुको बिचमा भएको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम […]

सरकार र मेडिकल कलेजका सञ्चालकबीच पाँच बुँदे निर्णय

काठमाण्डाै - सरकार र मेडिकल कलेजका सञ्चालकबीच पाँच बुँदे निर्णय भएको छ । मेडिकल कलेजले लिइरहेको अतिरिक्त शुल्कका विषयमा विवाद समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज भएको छलफलमा विभिन्न पाँच बुँदे निर्णय भएको हो । शिक्षामन्त्री देवेन्द्र पौडेलसमेत सहभागी छलफलमा चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाण्डौ विश्वविद्यालय, काठमाण्डौ मेडिकल कलेज, नोबेल मेडिकल कलेज, विद्यार्थी र अभिभावक सहभागी थिए । छलफलबाट पाँच बुँदे निर्णय भएको हो । आयोगले तोकेको भन्दा बढी शुल्क नलिने, विद्यार्थीको छात्रावा...

मेडिकल कलेजले विद्यार्थीबाट बढी शुल्क नलिने निर्णय

काठमाडौं - सरकार र मेडिकल कलेजका सञ्चालकबीच पाँच बुँदे निर्णय भएकाे छ । मेडिकल कलेजले लिइरहेको अतिरिक्त शुल्कका विषयमा विवाद समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको छलफलमा विभिन्न पाँच बुँदे निर्णय भएको हाे। शिक्षामन्त्री देवेन्द्र पौडेलसमेत सहभागी छलफलमा चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय,…

अतिरिक्त शुल्क नतिरेका विद्यार्थीलाई मेडिकल कलेजले गार्ड लगाएर बाहिर निकाले

निजी मेडिकल कलेजले अतिरिक्त शुल्क नतिरेका विद्यार्थीलाई कलेज प्रवेशमै रोक लगाउन थालेका छन्। विराटनगरस्थित नोबेल मेडिकल कलेज र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले गेटमै रोक लगाएको पीडित बताउँछन्। यी कलेजले ४० लाखसम्म अतिरिक्त शुल्क मागेका छन्। जसमध्ये ४ लाख रुपैयाँभन्दा बढी बुझाइसकेको विद्यार्थीको भनाइ छ। चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयले तोकिएभन्दा बढी शुल्क नलिन निर्देशन […]

अतिरिक्त शुल्क नबुझाउँदा पढाइबाटै वञ्चित

निजी मेडिकल कलेजले अतिरिक्त शुल्क नतिरेका विद्यार्थीलाई कलेज प्रवेशमै रोक लगाउन थालेका छन्। विराटनगरस्थित नोबेल मेडिकल कलेज र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले गेटमै रोक लगाएको पीडित बताउँछन्।यी कलेजले ४० लाखसम्म अतिरिक्त शुल्क मागेका छन्। जसमध्ये ४ लाख रुपैयाँभन्दा बढी बुझाइसकेको विद्यार्थीको भनाइ छ। चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयले तोकिएभन्दा बढी शुल्क नलिन निर्देशन दिए पनि कलेज सञ्चालकले त्यसको पालना गरेका छैनन्। नोबेल मेडिकलका प्रिन्सिपल प्रा।डा।रामहरि घिमिरेले अतिरिक्