‘चोलेन्द्रबाट’ न्यायक्षेत्रको सुधार सम्भव छैन, पदच्युत गर्नै पर्छ : अध्यक्ष चण्डेश्वर श्रेष्ठ (भिडियोसहित)

काठमाडौँ– नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबाट न्याय क्षेत्रको सुधार सम्भव नै नभएकाले उनलाई पदच्युत गर्नै पर्ने बताएका छन् । सर्वोच्च अदालतमा आज धर्ना दिनुअघि नेपाल बार एसोसिएसनको भवन परिसरमा कानून व्यवसायीलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले अब प्रधानन्यायाधीश जबराबाट न्याय सुधारको कुनै काम नहुने भएकाले पदच्युत गर्नुपर्ने अपरिहार्य रहेको बताए । […]

सम्बन्धित सामग्री

जबरा पदमुक्त नहुँदासम्म आन्दोलन रोकिन्न : बार अध्यक्ष श्रेष्ठ

१ फागुन, काठमाडौं । नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलन नरोक्ने बताएका छन् । प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्यले नयाँ प्रधानन्यायाधीशले सपथ नलिएसम्म आफूहरुको आन्दोलन नरोक्ने प्रतिक्रिया दिएका हुन् । ‘हामीले न्यायपालिका […]

नयाँ प्रधानन्यायाधीशले शपथ नलिएसम्म आन्दोलनलाई अझै सशक्त बनाउने बारको चेतावनी

नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलनलाई अझै सशक्त बनाउने चेतावनी दिएका छन् ।  प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाभियोग दर्ता भएलगत्तै नेपाल बार एशोसिएसन अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च अदालत बार एशोसिएसन अध्यक्ष पूर्णमान शाक्यले नयाँ प्रधानन्यायाधीशले शपथ नलिएसम्म आन्दोलनलाई अझै सशक्त बनाएर लैजाने बताएका हुन् ।  आइतवार नेपाल बार एशोसिएसन परिसरमा कानून व्यवसायीहरूमाझ सम्बोधन गर्दै बार अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा व्...

माधव नेपाललाई बारले बुझायो ज्ञापनपत्र

नेपाल बार एसोसिएसनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग लगाउन भन्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।आइतबार बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष रक्षा बस्याल, महासचिव लीलामणि पौडेल, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारीले संघीय संसद् सचिवालयमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एसका अध्यक्ष नेपाललाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्र बुझाउँदै बारले प्रधानन्यायाधीश जबरालाई महाअ

सर्वोच्च परिसरमा प्रहरी र वकिलबीच झडप हुँदा दुईजना घाइते

काठमाडौँ । सर्वोच्च अदालतको मूल गेटमा धर्नामा बसेका कानुन व्यवसायी र प्रहरीबीच झडप भएको छ। झडपमा नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएकका हुन् । घाइते महर्जनलाई न्युरो अस्पताल लैजाने तयारी भएको छ। प्रधानन्यायाधीशले वैकल्पिक गेट प्रयोग गरेर सर्वोच्च छिर्ने क्रममा उनलाई छेक्न गएका कानुन व्यवसायी र प्रहरीबीच झडप भएको […]