सर्वोच्चमा बारको आन्दोलन रोक्न प्रहरीद्वारा बल प्रयोग, अध्यक्ष चण्डेश्वरलाई चोट, लगियो अस्पताल

काठमाडौं : सर्वोच्च अदालत परिसरमा प्रहरीले आन्दोलनरत् नेपाल बार एशोसिएशनका सदस्यमाथि बल प्रयोग गरेको छ। बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सचिव ऋषिराम घिमिरे सहित चार जना सामान्य घाइते भएको महासचिव लीलामणि पौडेलले जानकारी दिए। उनका अनुसार कार्यसमिति सदस्य प्रकाश महर्जनको खुट्टामा चोट लागेका कारण अस्पताल लगिएको छ। घाइतेहरु सबैलाई माइतीघरमा रहेको अन्नपूर्ण न्युरो अस्पताल…