नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलनलाई अझै सशक्त बनाउने चेतावनी दिएका छन् ।
प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाभियोग दर्ता भएलगत्तै नेपाल बार एशोसिएसन अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च अदालत बार एशोसिएसन अध्यक्ष पूर्णमान शाक्यले नयाँ प्रधानन्यायाधीशले शपथ नलिएसम्म आन्दोलनलाई अझै सशक्त बनाएर लैजाने बताएका हुन् ।
आइतवार नेपाल बार एशोसिएसन परिसरमा कानून व्यवसायीहरूमाझ सम्बोधन गर्दै बार अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा व्...