नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलले आफूहरूको विरोध कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले भिजिलान्ते पठाएको आरोप लगाएका छन् ।
जबरालाई अदालत प्रवेशमा रोक्ने भन्दै बारले सर्वोच्चको गेटमा आयोजना गरेको कार्यक्रममा महासचिव पौडेलले प्रधानन्यायाधीशले भिजिलान्ते प्रयोग गरेको आरोप लगाएका हुन् ।
‘बारको आन्दोलन प्रभावित गर्न प्रधानन्यायाधीश जबराले भिजिलान्ते प्रयोग गरिएको सूचना पाएका छौं, हाम्रो आन्दोलन अझ सशक्त हुन्छ,’ पौडेलले भने । बारको धर्ना चलिरहेको समयमा बारको विरोध र चोलेन्द्रको प...