काठमाडौँ– नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको आन्दोलनलाई शुक्रबारबाट थप सशक्त बनाउने भएको छ। राणाको राजीनामा माग्दै चरणबद्ध आन्दोलनमा उत्रिएको बारले बिहीबारको घटनापछि थप आक्रामक रुपमा प्रस्तुत हुने भएको हो। बिहीबार सर्वोच्च परिसरमा कानुन व्यवसायी र सुरक्षाकर्मीबीच धकेलाधकेल हुँदा ७ घाइते भएका छन्। उक्त घटनाको भर्त्सना गर्दै बारले शुक्रबारदेखि कडा आन्दोलन गर्ने भएको हो। […]