स्थानीय तहको निर्वाचनमा पार्टीको चुनाव चिन्ह माग गर्दै ३७ वटा साना राजनीतिक दलहरुले थप आन्दोलन गर्ने चेतावनी दिएका छन् । संघर्ष समिति गठन गरेर आन्दोलन गर्दै आएका उनीहरुले बिहीबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको चेतावनी दिएका हुन् । पत्रकार सम्मेलनमा स्थानीय निर्वाचन चिन्ह संघर्ष समितिले निर्वाचन आयोगले पार्टीको चुनाव चिन्ह नदिए सर्वोच्च अदालतसम्म जाने भन्दै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । जसअन्तर्गत संसदमा रहेका दलका प्रमुख